३१ जेठ २०८३, आइतबार

शाहरुखको नयाँ फिल्म 'पठान' विवादमा, हलिउडको कपी गरेको आरोप

कात्तिक १७, २०७९
शाहरुखको नयाँ फिल्म 'पठान' विवादमा, हलिउडको कपी गरेको आरोप

बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो 57 औं जन्मदिनमा आफ्नो आगामी फिल्म 'पठान' को टिजर सार्वजनिक गरे । 

शाहरुखको यो चलचित्र बहुप्रतीक्षित मध्ये नै पर्छ । 

एक भारतीय जासूसको कथा यस फिल्ममा छ ।

लामो समयपछि शाहरुखले नयाँ फिल्म ल्याएका हुन् । 

यसअघि उनी २०१८ मा आएको फिल्म ‘जिरो’ मा देखिएका थिए जसले बक्स अफिसमा दमदार प्रदर्शन गरेन । 

लामो समयपछि शाहरुखलाई चलचित्रमा देख्न पाउँदा फ्यानहरू उत्साहित छन् । 

यद्यपी टिजरमाथि चोरीको आरोप लगाइएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिजरलाई 'क्याप्टेन अमेरिका', 'डाई अनदर डे' र 'बिस्ट एन्ड भिवेगम' हेरेको जस्तो लागेको टिप्पणी गरे । 

यी फिल्महरूबाट दृश्यहरू कपी गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दाबी छ ।

कसैले भने पठानमा प्रयोग गरिएको भीएफएक्सलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । 

 यशराज फिल्म्सद्वारा निर्मित 'पठान' जनवरी २५, २०२३ मा हलमा रिलिज हुँदैछ।

salt training

कमेन्ट गर्नुहोस्