×

NMB BANK
NIC ASIA

गलत साक्षी बकपत्र गर्ने धौलागिरि हिमाल पोलिक्लिनिकका सञ्चालक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

कात्तिक १७, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिकका सञ्चालक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले उनीविरुद्ध विशेष अदालतमा बिहीवार मुद्दा दर्ता गरेको हो । सरकारी साक्षीका रुपमा विशेष अदालत काठमाडौंमा पेश गरिएका पौडेलले अदालतमा सरकारको प्रतिकूल हुने गरी साक्षी बकपत्र गरेपछि उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

Muktinath Bank

कोभिड १९ को परीक्षण नगरिकन नक्कली रिपोर्ट दिएको तथा त्रिवि शिक्षण अस्पतालको लोगो तथा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनधिकृत रूपमा प्रयोग गरी सरकारी कागजातको दुरुपयोग गरेको अभियोगमा विनोदकुमार यादवविरुद्ध दर्ता गरिएको मुद्दामा पौडेललाई सरकारी साक्षीका रुपमा प्रस्तुत गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त मुद्दाको बकपत्रका क्रममा पौडेलले अदालतसमक्ष प्रतिकूल बकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी विनोदकुमार यादव भएको भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दामा मतियार भई काम गरेको पाइएपछि उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

पौडेलले विशेष अदालत, काठमाडौंमा उपस्थित भई बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयानको ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारको दाबी छ । अख्तियारले मुख्य कसुरदार विनोदकुमार यादवलाई हुने सजायको आधा सजाय हुने मागदाबी लिई मुद्दा दर्ता गरेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x