
काठमाडौं, २४ साउन — धेरै मानिस हलुका खालको खानेकुरा मन पराउँछन् किनकि यो सजिलै पच्छ । यस्तोमा धेरै मानिसले सलादलाई राम्रो विकल्प मान्छन् । रसियन सलाद खानुभएको छ त ? यो स्वादिष्ट हुनुका साथसाथै स्वास्थ्यका लागि लाभदायक पनि छ । यहाँ हामी रसियन सलाद बनाउने तरिका सिकाउँछौं ।

सामग्री
दुई कप सिमी
गाजर
हरियो मटर र आलु (काटिएको र आधी उमालिएको)
तासेको भुइँकटहर
आधी कप क्रीम
आधी कप मेयोनेज
आधी चम्चा चिनी
स्वादअनुसार नून र मरिच
विधि
बाउलमा सिमी, गाजर, हरियो मटर र भुइँकटहर हाल्नुस् ।
त्यसपछि त्यसमा मेयोनेज, नून, चिनी र मरिच हाल्नुस् ।
अब त्यसमा ताजा क्रीम हाल्नुस् । क्रीम हालेर त्यसलाई एक घन्टासम्म फ्रीजमा राख्नुस् ।
लौ, रसियन सलाद तयार भयो । अब पस्किनुस् ।
एजेन्सी