
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गोली हानिएको छ । पाकिस्तानको गुजरानवालाको अल्लाहवाला चोकमा उनलाई गोली हानिएको हो । खान पीटीआई पार्टीका अध्यक्ष छन् ।
बीबीसी हिन्दीका अनुसार, इमरान खानको खुट्टामा गोली लागेको छ । उनको उपचार भइरहेको पाकिस्तानी प्रहरीले बताएको बीबीसीले उल्लेख गरेको छ ।
उक्त घटनामा ३ देखि ४ जना घाइते भएको प्रहरीलाई उधृत गर्दै बीबीसीले लेखेको छ ।
प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि, गोली सोही व्यक्तिले चलाएको हो वा अरु कसैले चलाएको हो भन्ने पुष्टि हुन सकेको छैन ।