१९ असार २०८३, शुक्रबार

अब वैदेशिक रोजगारीमा रहेकालाई १० प्रतिशत आईपीओ दिनुपर्ने

कात्तिक १७, २०७९
अब वैदेशिक रोजगारीमा रहेकालाई १० प्रतिशत आईपीओ दिनुपर्ने

अब वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि प्राथमिक शेयर निष्काशन (आईपीओ) छुट्याउनुपर्ने भएको छ । संगठित संस्थाले आईपीओ जारी गर्दा १० प्रतिशत विदेशमा रहेका नेपालीलाई छुट्टयाउनुपर्ने व्यवस्था आजबाट लागू भएको हो ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निस्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो ।

शेयर निष्कासन गर्दा बिक्री प्रबन्धकले सर्वसाधरणका लागि निष्कासन गर्नु १५ दिनअघि नै अवधि तोकेर आह्वान पत्र प्रकाशित गर्नु पर्ने व्यवस्था गरिएको छ । 

लगानीकर्ताले शेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नुपर्ने छ ।

रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ । विदेशमा रहेकाले डिम्याट खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गराउन सक्ने छन् । 

त्यसैगरी, सीआरएन पनि विद्युतीय माध्यममार्फत लिन सक्नेछन् । विदेशमा रहेकाले यो आरक्षित कोटामा आईपीओ भरिसकेपछि सर्वसाधारणका लागि छुट्याएकोमा भने भर्न पाउँदैनन् । 

salt training

कमेन्ट गर्नुहोस्