२२ जेठ २०८३, शुक्रबार

‘नम्बरी सुन’को मुख्य भूमिकामा आमेश भण्डारी अनुबन्धित

कात्तिक १७, २०७९
‘नम्बरी सुन’को मुख्य भूमिकामा आमेश भण्डारी अनुबन्धित

राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता आमेश भण्डारी अनुबन्धित भएका छन् । बिहीवार निर्माण टिम र आमेशबीच औपचारिक रूपमा लिखित सम्झौता भएको हो । 

निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । चुनावपछि मंसिर ७ गतेबाट फ्लोरमा जाने चलचित्रबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन् । चलचित्रका लागी अन्य कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, प्रमोद खरेललगायतका गायक तथा गायिकाको स्वर रहनेछ । 

लमजुङको भुजुङ खोला, हेटौँडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने निर्देशक गिरीले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्