२५ असार २०८३, बिहीबार

मतदाता अग्रगमनलाई रोज्न आतुर छन् : इश्तियाक राई

कात्तिक १७, २०७९
मतदाता अग्रगमनलाई रोज्न आतुर छन् : इश्तियाक राई

जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले मतदाताहरूको विश्वास नतोड्ने बाचा गरेका गरेका छन। 
बिहीबार चुनावी अभियानका क्रममा उनले भने,‘मैले विगतमा काम गरेकै आधारमा तपाईंहरू फेरि हामीलाई भोट दिन आतुर हुनुहुन्छ। तपाईंले हामीबाट हुने विकासको अपेक्षा र विश्वासलाई तोड्ने छैनौं .’ 

उनले कसैले फैलाएको भ्रम र अफवाहमा नलागेर सही र जनताको सधै सेवक हुने उम्मेदवारलाई मत दिन पनि अपिल गरे। 
‘अब पनि मतदातालाई वेवकुफ ठान्ने र विकास कुरा गर्न नसक्नेहरूले समाजिक सद्भाव भड्काउने खालका भाषणहरू गर्दै हिँडेका छन्’ उनले भने ‘जनतालाई थाहा छ कस्ता उम्मेदवारलाई भोट दिने भनेर गाली गलौजले कसैले चुनाव जित्दैन।’
उनले फेरि पनि देशको शासन व्यवस्था खल्बल्याउन खोज्ने र फेरि पनि उही पुरना मुद्दाहरू बोकेर चुनावी मैदानमा आएकाहरूलाई परिवर्तनकारी जनताले आफूहरूलाई कुरिरहेको पनि बताए। ‘बाँके क्षेत्र नं २ मा मतदाताले अग्रगमनलाई नै रोज्नेछन्। फेरि पुरानो युग ब्युँताउन खोज्नेहरूलाई जनताले पाखा लगाउने दिन नजिकिदैंछ। पश्चगमनले कहिल्यै जित्न सक्दैन,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्