२४ जेठ २०८३, आइतबार

राष्ट्रपति भण्डारीलाई भेट्न पुगे आयोगका पदाधिकारी

कात्तिक १७, २०७९
राष्ट्रपति भण्डारीलाई भेट्न पुगे आयोगका पदाधिकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले आज भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरूबारे जानकारी गराएका थिए ।

भेटका अवसरमा राष्ट्रपतिबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरिन् । 
भेटमा आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा.जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्