जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाइ विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग भेटघाटको क्रममा उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निर्माण कार्य अगाडि बढेसँगै सप्तरीको विकासको आधार शिला प्रारम्भ भइसकेको बताए । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका जसपा अध्यक्ष यादवले सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रुपमा पूर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको बताए ।
प्रदेश १ अन्तर्गत विराटनगर र धरानको विकासले गति लिएको चर्चा गर्दै उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वी नेपालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिको ठूलो मेडिकल केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।