
नेकपा एमालेले शुक्रबार सुदूरपश्चिमको दार्चुलामा चुनावी आमसभा गर्दै छ । चुनावी प्रचारप्रसारको कार्यक्रमअनुसार अध्यक्ष केपी ओलीको सहभागितामा दार्चुलाको खलंगामा आमसभा गर्न लागिएको हो ।
त्यसका लागि ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । उनी बिहीबार नै धनगढी पुगिसकेका छन् ।एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।