१७ असार २०८३, बुधबार

गृहजिल्लामा के–के छन् आज देउवाको कार्यक्रम ?

कात्तिक १८, २०७९
गृहजिल्लामा के–के छन् आज देउवाको कार्यक्रम ?

चुनावी प्रचारप्रसारका लागि आफ्नो गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । 
बिहीबार नै धनगढी हुँदै डडेलधुरा पुगेका देउवा सोही क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार हुन् । 

बिहीबार अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले छ ।

देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।
 

salt training

कमेन्ट गर्नुहोस्