
पछिल्लो समय गम्भीर समस्या बनेर खडा हुने गरेको छ मोटोपन ।
मोटोपन घटाएर आफूलाई 'स्लीम' बनाउने प्राय: सबैको चाहना हुन्छ ।
तर जे गर्दा पनि मोटोपन नघट्दा हैरानीमात्रै हैन अन्य शारीरिक समस्या पनि देखा पर्न थाल्दछ ।
यदि तपाई पनि आफूलाई 'स्लिम' बन्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो आहारमा नरिवल पानी समावेश गर्नुहोस् ।
यसमा प्रचुर मात्रामा बायो-एक्टिभ इन्जाइमहरू हुन्छन् जसले तपाईंको पाचनलाई गति दिन्छ।
तपाईं नरिवल पानीलाई आफ्नो दैनिक आहारको हिस्सा बनाउन सक्नुहुन्छ। यसमा अन्य फलफूलको तुलनामा धेरै कम क्यालोरी हुन्छ, जसका कारण यो तौल घटाउनको लागि उत्कृष्ट पेय हो।
बिहान सबेरै नरिवलको पानी पिउनाले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । तौल घटाउनका लागि दिनमा दुईदेखि तीन पटक सीमित मात्रामा नरिवलको पानी पिउन सकिन्छ।
नरिवलको पानीमा कार्बोहाइड्रेटको मात्रा पनि निकै कम हुन्छ, जसका कारण तपाई लामो समयसम्म पेट भरिएको महसुस गर्नुहुन्छ । फलस्वरूप, तपाईं अनावश्यक रूपमा बारम्बार खानबाट जोगिनुहुनेछ।
खाना खानुअघि नरिवलको पानी पिउनु निकै फाइदाजनक हुन्छ । खाना खानुअघि नरिवलको पानी पिउनुभयो भने धेरै खानेकुरा खानबाट बच्न सकिन्छ। नरिवलको पानी पिउनाले पाचन क्रिया ठिक रहनुका साथै खाना खाएपछि पेट फुल्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।