×

Nic Asia
Dabur
Prabhu Bank

उम्मेदवारसँग एक दिन

गोकुल बास्कोटाको चुनाव प्रचार शैली– घर अगाडिको बाटो हेर्ने, ड्याम ड्याम भोट हाल्ने !

काठमाडाैं | कात्तिक १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

धुलिखेल नगरपालिका वडा नम्बर १ को देवीटारस्थित कालीदेवी मन्दिर प्रांगणबाट गोकुल बास्कोटाको चुनावी घरदैलो अभियानको शुभारम्भ थियो ।

yONNEX
IME BANK INNEWS

बिहीवार बिहान साढे ९ बजेको समयमा शुरू पहिलो चुनावी सभामा गोकुलले ५ मिनेटभन्दा लामो भाषण गरेनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘म भाषण गर्दिनँ, काम गर्ने हो । पाँच वर्ष अगाडि आउँदा बाटोको कुरा गर्नुभएको थियो, बाटो आइसकेको छ । तीन महिनामा ७ किलोमिटर पिच नै हुन्छ । सिँचाइको लागि बजेट बनाएको हो, गठे (गठबन्धन सरकार)ले काट्यो । एमालेको सरकार आएपछि फेरि आउँछ । रक क्लाइम्बिङको काम शुरू हुन्छ । मेरो कुरा सुनियो, अब ड्यामड्याम सूर्यमा भोट हाल्ने,’ बास्कोटाले आफ्नो कुरा छोट्याउँदै भने, ‘चुनावपछि शुरूमा यहीँ आएर सिन्दुर हाल्ने होला !’ 


Advertisment
Lokantar App
Saurya island

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बास्कोटा काभ्रे– २ बाट एमालेको उम्मेदवार छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईं गोकुलका प्रतिस्पर्धी छन् । २०७४ सालको चुनावमा कांग्रेसका मधु आचार्यलाई पराजित गरेर गोकुल सांसद बनेका थिए । 

कालीदेवी मन्दिरको कार्यक्रम सकेर स्कूल डाँडामा रहेको वडा नम्बर १ को निर्वाचन कार्यालय उद्घाटन गरे । ‘नमस्कार, ल्हासो, फ्याफुल्ला । कुरा केही छैन । पाँच वर्षमा पनि काम गरेको हो, अब फेरि विकासको काम गर्ने हो,’ त्यहाँको कार्यक्रममा पनि गोकुलले सम्बोधन गरेनन् । 

Vianet communication

पहिलो दिनको कार्यक्रम धुलिखेल नगरपालिकाभित्रको विकट भनेर चिनिने वडा नम्बर १ देवीटार र २ को रविओपीमा थियो । 

रविओपीलाई एमालेको गढ मानिन्छ । गोकुल आउने भनेपछि सडकको बीचमा स्वस्तिक चिह्न र पानीका घडासहित महिलाहरू माला लिएर बसेका थिए ।

‘धेरै भन्नु छैन, घर अगाडिको बाटो हेर्ने ड्याम ड्याम सूर्यमा भोट हाल्ने !’ एक स्थानीय महिलालाई नमस्कार फर्काउँदै बास्कोटाले भने । 

एक दर्जनभन्दा बढी स्थानमा उनी गाडीबाट झर्दै फूलमाला लगाउन व्यस्त भए । केही कार्यकर्ताले हिँडेर जान प्रस्ताव गरे पनि गोकुल मानेनन् ।

‘गाउँ–गाउँमा बाटो पुगेको छ, किन हिँडेर जाने ? बाटो कस्तो भएको छ भनेर हेर्न पनि गाडीमा जानुपरेन ?,’ कार्यकर्तालाई आफ्नै शैलीमा  जवाफ दिए ।

जनताको घरमा सूर्यमुखी खुर्सानीसँग खाना

बिहान साढे ११ बजेतिर केही सहयोगीसहित खाना खान उनी धावा दोर्जेको घरमा पुगे । खाना खाने घरमा एमालेका केही कार्यकर्ता जम्मा भएका थिए ।

उनीहरूले स्थानीय तह निर्वाचनका केही प्रसंग कोट्याए । केहीले गोकुलसँग सेल्फी खिचे र केहीले टिकटक बनाउन भ्याए । 

केहीबेर कुरेपछि खाना तयार भयो । खाना सादा थियो । काउली र आलुको तरकारी, मुसुरो र मास मिसाएको दालको पातलो झोल तथा टमाटर र सोयाबिन मिसाएको अचार । गोकुलले तामाङ भाषामा खुर्सानी मगाए । धावाकी श्रीमती केही खुर्सानी लिएर आइन् । 

‘खुर्सानी खाएपछि दिनभर निद्रा लाग्दैन, हिँड्न बोल्न पनि जाँगर लाग्छ । यो लोकल सूर्यमुखी खुर्सानी हो,’ चुनाव चिह्नसँग मिल्दोजुल्दो खुर्सानीको नाम सुनाए । 

खाना खाएलगत्तै फेरि उनी अन्य कार्यक्रममा सहभागी भए । ‘२ बजे बनेपामा कार्यक्रम छ । साढे ३ बजे धुलिखेलको कार्यक्रममा सहभागी हुनुपर्छ । कतै पनि लामो कार्यक्रम नराख्नू,’ बास्कोटा सहयोगीहरूलाई फोनबाट यस्तो निर्देशन दिइरहेका थिए । 

रविओपीको चुनावी सभालाई सम्बोधन गरेर उनी बनेपामा पत्रकार सम्मेलनका लागि हिँडे । 

सभामा संक्षिप्त सम्बोधनका क्रममा उनले प्रतिस्पर्धी उम्मेदवारले यस क्षेत्रमा समाधान भइसकेको पानीको समस्या समाधान गर्ने आश्वासन दिएर गएकोमा कटाक्ष गरे । ‘शिव हुमागाईंले रविओपीको खानेपानीको समस्या समाधान गर्ने भन्नुभएछ । यहाँ ४ सय धारा मैले उद्घाटन गरिसकेको छु । अब उहाँले के गर्नुहुने हो ?’ बास्कोटाले प्रश्न गरे ।

यो सभामा बास्कोटाले माओवादीले चुनावअघि नै केही गुमाइसकेको टिप्पणी गरे । ‘हामीले २०७४ सालमा माओवादीलाई ६६ सीट दिएका थियौं, अहिले ४६ मा चित्त बुझाउनुभयो, २० सीट त प्रचण्डले देउवालाई चढाइसक्नुभयो,’ बास्कोटाले भने, ‘अब हामीचाहिँ पराल र छ्वालीको सहारा नलिने । एमाले एक्लैको सरकार बनाउने । मेरो कुरा धेरै लामो छैन, मंसिर ४ गते गठबन्धनलाई ढलाउने, एमालेलाई जिताएर सरकार बनाउने ।’

शिक्षक प्रदेशमा, विद्यार्थी प्रतिनिधिसभामा

गोकुलको प्यानलबाट प्रदेश सभामा उम्मेदवार छन्, कुमार खकुरेल । खकुरेलले बास्कोटालाई स्कूलमा भूगोल पढाए भने स्कूलबाहिर राजनीति ।

‘कुमार सर मेरो गुरु हो, मेरो अनुहार सम्झेर उहाँलाई भोट दिनू,’ आफ्ना राजनीतिक गुरुलाई भोट माग्दै बास्कोटा भन्छन् । 

मण्डनदेउपुरको डेडीथुम्का मावि महादेवस्थानमा खकुरेलले बास्कोटालाई भूगोल विषय पढाएका थिए । 

हरेक कार्यक्रममा बास्कोटा खकुरेललाई भोट माग्न छुटाउँदैनन् । खकुरेल एमाले काभ्रेका पुराना नेता हुन् ।

खकुरेलले आफ्नो विद्यार्थी देशको चर्चित नेता बनेको र उनैको प्यानलबाट चुनाव लड्न पाउनु आफ्नो सौभाग्य भएको बताए । 

‘गोकुल कमरेड मेरो विद्यार्थी हो, विद्यार्थीकालमै उहाँमा मैले धेरै क्षमता देखेको थिएँ । अहिले उहाँकै प्यालनबाट चुनाव लड्दैछु,’ खकुरेलले भने, ‘गोकुल कमरेडले पाँच वर्षमा गरेको कामका कारण मलाई भोट माग्न सजिलो भएको छ ।’ 

धुलिखेल २ का ८७ वर्षीय एकनाथ न्यौपाने चुनावी सभाको रमाइलो हेर्न आएका थिए । कार्यक्रम शुरू हुनुअघि स्पिकरमा ‘बाटाघाटा र पानीका धारा, गोकुल नै हुन् जनताका सहारा’ भन्ने गीत जोडले बजाइएको थियो ।

धान स्याहार्ने र आलु रोप्ने समयमा पनि मानिसहरू चुनावी घरदैलो शुरू भएको दिन सभामा उपस्थित थिए ।

‘पञ्चायत खारेज भएदेखि यो गाउँमा कांग्रेसले जितेको छैन । चुनाव कसले जित्छ भन्न सकिन्नँ । म गोकुलको भाषण सुन्न आएको हुँ,’ न्यौपानेले भने । 

आँखाअगाडि परिवर्तन देखेका मतदाताले चटक मन पराउँदैनन्– बास्कोटा

देशका अन्य क्षेत्रमा उम्मेदवारहरू मतदातालाई ढोग्दै, खेतबारीमा गएर काम सघाएजस्तो गरिरहेका बेला गोकुलको भोट माग्ने शैली भने अलि पृथक देखियो । 

मतदातासँग ठाडठाडै भोट मागेकोबारे सोधिएको प्रश्नमा बास्कोटाले आफ्ना मतदाताले चटक मन नपराउने बताए । 

‘यो ठाउँलाई काँठ पनि भन्छन् । यहाँका जनतालाई चटक मन पर्दैन । मैले नमस्कार नगरेको भए पो ठाडो भयो भन्नु हुन्थ्यो । मैले गरेको काम उहाँहरूलाई थाहा छ । आँखैअगाडि परिवर्तन महसूस गर्नुभएको छ,’ बास्कोटाले लोकान्तरसँग भने ।

विगतमा गरेको कामका कारण मतदाताले आफूसँग प्रश्न नगरेको उनी दाबी गर्छन् । 

‘पाँच वर्षअगाडि यहाँ आउँदा उहाँबाटै हिँड्दै आएको हो । पाँच वर्षअगाडि कतिपय घरमा शौचालय समेत थिएनन् । थाप्लोबाट नाम्लो हटाइदिने, कम्मरबाट गाग्री छुट्याइदिने काम भएको छ,’ बास्कोटाले भने । 

सामाजिक सञ्जालमा भइरहेको ‘नो नट अगेन’ अभियानप्रति टिप्पणी गर्दै गोकुलले भने, ‘नेपाल टेलिकमलगायत इन्टरनेट प्रदायकले कमाएका छन्, राज्यलाई राजस्व पनि बढ्ला । त्यस्ता अभियानले यहाँका मतदातालाई कुनै फरक पार्दैन ।’

हेर्नुहोस्, भिडियो :

थप तस्वीरहरू :

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरु...

चैत ७, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा दोस्रोपटक विश्व...

चैत ७, २०७९

नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ । आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ । सेनाका...

चैत ८, २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार नेताले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका छन् । ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए ।  अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ...

चैत ९, २०७९

मौसम पूर्वानुमान महाशाखाले बिहीवार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पह...

चैत ८, २०७९

मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x