२८ असार २०८३, आइतबार

‘बिजुली’ फिल्ममा अडिसनमार्फत कलाकारहरू छानिँदै

कात्तिक १८, २०७९
‘बिजुली’ फिल्ममा अडिसनमार्फत कलाकारहरू छानिँदै

केही साताअघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’मा केही कलाकारहरू अडिसनमार्फत छानिने भएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सहायक चरित्र छनोट गरिने भएको हो । 

विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’को निर्माता लुना केसी हुन् । विकास गिरीको यो डेब्यू निर्देशन हो । लामो समयको तयारीपश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेको बताएका छन् ।

बाँसुकी फिल्मस्को प्रस्तती रहेको चलचित्रमा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भईसकेका छन् । अब, बाँकी कलाकार अडिसनमार्फत छानिने लागेको हो ।

क्रयटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन माघबाट शुरु गरिने लक्ष्य निर्माण टिमको छ । हरि घले लामाले छायांकन गर्ने चलचित्रमा एसोसियट निर्देशक शंकर धिताल, मुख्य सहायक निर्देशक आयुष बिसी, प्रोडक्सन म्यानेजर नेत्र बिस्ट रहेका छन् । चलचित्रको पोस्टर डिजाइन ट्राईडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरी बताउँछन् । 

‘यो हिन्दू धर्मग्रन्थका पात्रको आधुनिक अनुशरण हो,’ निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरू रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर चलचित्र बनाउन लागिएको निर्माण टिमको भनाइ छ । दर्शकलाई फरक स्वाद दिनेगरी चलचित्र निर्माण हुने टिमको दाबी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्