०९ साउन २०८३, शनिबार

सबै देशका पर्यटकहरू नेपाल भित्र्याउने ‘पर्यटक भ्रमण दशक’

कात्तिक १८, २०७९
सबै देशका पर्यटकहरू नेपाल भित्र्याउने ‘पर्यटक भ्रमण दशक’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने उनको भनाइ थियो । 

थाहा नगरपालिकाले शुक्रवारबाट काठमाडौंको वसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरूका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरू आकर्षित हुने गरी आफूले योजना तयार पारेको दाबीसमेत गरे । पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिनेसमेत बताए । 

‘नेपाललाई १२ महिनानै पर्यटन गन्तव्य स्थलको रूपमा स्थापित गर्नुपर्छ भन्ने मान्यतासहित अहिले पर्यटन मन्त्रालयले कार्यक्रमहरू अगाडि सारेका छौँ । र, म यो मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ७३ बुँदाको पर्यटन विकासको कार्यक्रमहरू तत्कालीन, मध्यकालीन र दीर्घकालीन महत्वको कार्यक्रमहरू अगाडि सारेको छु । र, पर्यटन क्षेत्रलाई समावेशी ढंगबाट विकास गर्ने उद्देश्यसहित कार्य योजनाहरू तयार गरेको छु’, मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्र अव हिमाल र ट्रेकिङमा मात्रै होइन्, हाम्रा कल्चरहरू, नेचरहरू र यहाँ रहेका जुन वैभवहरू छन् । यसलाई पूर्वाधार विकास गरेर १२ महिनानै पर्यटकहरू आउन सक्ने वातावरण तयार गर्नुपर्छ भन्ने मान्यताहरूसहित हामीले पर्यटनको योजना अगाडि सार्‍यौँ । अब नेपाल भ्रमण वर्ष भनेर जुन यस क्षेत्रको प्रमोशनको कामहरू गर्‍यौँ । अब हामीले दीर्घकालीन रुपमा पर्यटन क्षेत्रको दिगो विकास गर्ने भनेर २०२३ देखि २०३२ सम्मलाई ‘पर्यटक भ्रमण दशक’ भनेर घोषणा गरेका छौँ ।’

मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । ३ दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरूको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्