२३ जेठ २०८३, शनिबार

फिल्म 'इमर्जेन्सी'का लागि ठाउँ खोज्दै कंगना, इन्दिरा गान्धीको भूमिकामा देखिने

कात्तिक १८, २०७९
फिल्म 'इमर्जेन्सी'का लागि ठाउँ खोज्दै कंगना, इन्दिरा गान्धीको भूमिकामा देखिने

बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतले आफ्नो फिल्म 'इमर्जेन्सी' को सुटिङको तयारी गरेकी छन् । 

त्यसका लागि उनी आसाम पुगेको तस्वीर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कंगना आफ्नो टोलीसँग घना जंगलको बीचमा देखिएकी छिन् ।

 कंगनाले आफ्नो टोलीसँगको तस्विर शेयर गर्दै इन्स्टाग्राममा क्याप्सनमा लेखेकी छिन्, 'टेक-रेकी इमर्जेन्सी नोभेम्बर/२०२२'।  

एउटा तस्विरमा कंगना  एउटा चट्टानबाट अर्को चट्टानमा हाम फालेको देखिन्छ ।    

फिल्म ‘इमर्जेन्सी’ मा कंगना रनौतले इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् ।  

फिल्ममा कंगना सहित श्रेयस तलपदे, अनुपम खेर, महिमा चौधरी, सतीश कौशिक महत्वपूर्ण भूमिकामा देखिने छन् । 

salt training

कमेन्ट गर्नुहोस्