भीमदत्तनगर, २४ साउन - कञ्चनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराको मृत्यु भएको आठ महिनापछि उनकी पत्नी ममताको पनि मंगलबार बिहान मृत्यु भएको छ ।

मिर्गौला रोगबाट ग्रसित ममताको भारतको उत्तराखण्डस्थित खटिमामा उपचारका क्रममा मृत्यु भएको उनका भाई गणेश थापाले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि भारतको मेदान्त अस्पतालमा रहेकी उनलाई प्रत्यारोपणको प्रक्रियामा लैजाँदै गर्दा क्षयरोगसमेत देखिएको थियो ।
उनको बुधबार महाकाली नदीमा अन्त्येष्टि गरिने बताइएको छ ।
आठ महिनाअघि पत्नी ममतालाई काठमाडौँमा उपचार गराइरहेका बोहराको कुरुवा बसेकै अवस्थामा अचानक निधन भएको थियो । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस–६ मा जन्मिएका बोहरा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २०६८ देखि २०७१ सम्म अध्यक्ष रहेका थिए ।