×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

नाफाको जिन्दगी जनताको सेवामा लगाउन खोजेको हुँ, जित्न गाह्रो छैन– झलनाथ खनाल [अन्तर्वार्ता]

‘अर्को चुनावमा विचारवान युवालाई नेतृत्व लिन प्रोत्साहन गर्छु’

कात्तिक २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित’ नेता झलनाथ खनाल आफैंले बनाएको पार्टी नेकपा एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । इलामेली जनतासँग सूर्य चिह्नमा मत माग्दै आएका खनाल यसपटक भने सूर्यलाई भोट नदिनुहोस् भनिरहेका छन् ।

Muktinath Bank

अघिल्ला चुनावहरूमा सूर्यको पक्षमा पैरवी गर्दै कहिले हँसिया हथौडामा त कहिले रूख चिह्नमा मत हाल्न नहुने तर्क गरेर उनी इलामका रनवन डुलिरहेका हुन्थे । तर, अहिले भने परिस्थिति ठ्याक्कै उल्टो छ । सूर्य अर्थात् एमालेलाई मत दिन नहुने र कलम, हँसिया हथौडा र रूख चिह्नमा भोट हाल्नुपर्ने तर्क उनले गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा इलाम क्षेत्र नम्बर–१ मा सत्तारूढ गठबन्धनकातर्फबाट साझा उम्मेदवार भएका खनालको चुनाव चिह्न कलम हो । माओवादी र कांग्रेसले उनलाई सघाइरहेको छ ।


Advertisment
Nabil box
Kumari

पूर्व एमाले र एमालेबीचको यो पटकको चुनावी प्रतिस्पर्धा इलामेली जनताको लागि रोचक भइरहेको छ । खनाल जनताको घरदैलोमा पुगेर आफ्नो उम्मेदवारी अन्तिम पटक भएकोले आफूलाई जिताइदिन अनुरोध गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

झापा र इलामको सीमाना बुद्धशान्ति गाउँपालिकामा भएको सत्तारूढ गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी भइरहेका बेला लोकान्तरकर्मी गगन अर्‍याल र राजु बास्कोटाले पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालसँग गरेको कुराकानीको सम्पादित अंश:​

आफैंले बनाएको र त्यसैबाट पटकपटक चुनाव जितेको पार्टीसँग अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, कस्तो छ चुनावी माहौल ?

– इलाम क्षेत्र नम्बर–१ मा गठबन्धनको कुनै विकल्प नै छैन । म बाहेक अन्य १० जना उम्मेदवार छन् । उनीहरू सबै जिन्दगीको व्यायाम गर्ने प्रक्रियामै छन । भर्खर उदाउने अभ्यास गर्दै गरेका उम्मेदवार मेरा प्रतिस्पर्धी हुन सक्ने कुरै भएन । त्यसमा पनि यहाँ गठबन्धनको विकल्प अरू कुनै छैन । गठबन्धनको पक्षमा धेरै राम्रो माहोल छ ।

तपाईंका प्रतिस्पर्धी चाहिँ सधैं सूर्यले चुनाव जितेको ठाउँमा नयाँ चुनाव चिह्न कलमप्रति मतदाताले विश्वास नै नगर्ने दावी गरिरहेका छन्, तपाईं के भन्नुहुन्छ ?

– यहाँका जनताले के भनिरहेका छन भने सूर्यलाई धेरैपटक मत हालिसकिएको छ । तर, अब सूर्य चिन्हमा ग्रहण लाग्यो । सूर्य लेख्ने कमल नै अहिलेको अवस्थामा प्रखर र आवश्यकताको विषय हो भनिरहेका छन् । 

धेरैजसो मतदाताले नयाँ पुस्ताको उम्मेदवारको पक्षमा वकालत गरेको पाइयो । युवा पुस्ताको माहौल भएको बेला तपाईंहरूजस्तो पाको उमेरको नेतालाई अलि बढी नै चुनौती होला होइन ?

– नयाँमा जानुपर्ने र युवा पुस्ताको आवश्यकता विस्तारै पैदा हुँदैछ । तर, अहिलेको अवस्थामा युवा भन्दैमा जो पायो त्यहीँ, देशको आवश्यकताभन्दा बाहिर जाने र संविधान नै मास्न खोज्नेलाई भोट हालेर जिताउनुपर्छ भन्ने छैन ।

अहिलेको आवश्यकता उमेरको युवा मात्रै होइन विचारमा पनि युवा चाहिन्छ । त्यसका लागि झलनाथ खनालकै जस्तो विचार बोक्ने युवा चाहिन्छ भन्ने छ । यो पटक झलनाथलाई नै साथ दिने र अर्को पटकबाट देश र जनताको लागि काम गर्ने हामीले अगाडि बढाएको एजेन्डा बोक्ने युवा आउँछन् । उनीहरूलाई हामी छोड्छौं पनि । 

भनेपछि झलनाथ खनालको लागि यो नै अन्तिम चुनावी प्रतिस्पर्धा हो ?

– मैले त घोषणा नै गरिसकेको छु । यो मेरो अन्तिम चुनावी प्रतिस्पर्धा नै हो । मेरो नाफाको जिन्दगी एकपटक देश र जनताको लागि नै लगानी गरौं भनेर चुनावमा लागेको हुँ । 

तपाईंले सबैभन्दा बढी योगदान गरेको पार्टीको उम्मेदवारसँग अहिले नयाँ पार्टी बनाएर चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो नि ? 

– पहिलेको पार्टी मैले जन्माएको वा बढी योगदान गरेको पार्टी पक्कै हो । त्यो पार्टीले देश र जनताको हित विपरीतको बाटो हिँडेको हुनाले फेरि नयाँ पार्टीलाई अघि बढाउनुपरेको हो । यो पार्टीले गति लिँदै छ । राष्ट्रव्यापीरूपमा फैलँदै छ । यसको भविष्य पनि उज्ज्वल छ ।

तपाईंहरूको पार्टी त चुनावपछि माओवादी केन्द्रसँग एकीकृत हुन्छ भन्ने चर्चा पनि सुनिन्छ, वास्तविकता के हो ?

– हामी अग्रगामी यात्रामा अगाडि बढ्दै जाँदा जोसँग विचार, नीति, सिद्धान्त, लक्ष्य मिल्छ उनीहरूसँग पार्टी एकीकरण पनि गर्दै जान्छौं । जोसँग मतभिन्नता हुन्छ त्योसँग कार्यगत एकता पनि गर्दैनौं । 

चुनावपछि वा चुनाव अगाडि भन्ने केही प्रश्न छैन । हामी अहिले गठबन्धनमा छौं । हामी अहिले कार्यगत एकतामा छौं । देशलाई वैचारिक, राजनीतिक सैद्धान्तिक कुराहरूमा पनि एकरूपता कायम भयो भने हामी पार्टी एकीकरण पनि गर्छौं । 

चियाको ब्राण्डिङमा सहयोग नगरेको, तयार भएको विमानस्थल पनि चलाउन नसकेको, सीमा र अन्तरजिल्ला जोड्ने सडक पनि बनाउन नसकेको भन्ने स्थानीयको गुनासो पायौं । ती कामलाई किन प्राथमिकतामा नराख्नुभएको ?

– मेची राजमार्ग बनाउने पहल मेरै हो । अहिलेको १ नम्बर निर्वाचन क्षेत्रका सबै पालिकाहरू र वडामा बाटो पुगेको छ । केही बाटो कालोपत्रे भइसकेका छन भने केही ग्राभेल र कच्ची छन् । अहिले मात्रै केही बाटोहरू पिच गर्न मेरै पहलमा कामहरू अगाडि बढिसकेका छन् । इलामको १ नम्बर निर्वाचन क्षेत्रमा पिच भएका र सबै मौसममा गाडी कुद्ने बाटोहरू पुर्‍याइरहेका छौं । बाँकी केही ठाउँमा पनि पुर्‍याउने छौं ।

७० प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण भइसकेको छ । अब बाँकी विद्युतीकरण गर्न सिङ्गै इलामको लागि ६५ करोड रुपैयाँको बजेट यसै वर्ष परेको छ । बाटाघाटाको निम्ति मात्रै यही वर्ष मात्रै करीब १ अर्ब रूपैयाँ खर्च हुँदै छ । यस बाहेक वातावरण विकास पनि काम भएको छ । यी सबै काम हाम्रो पहलमा अगाडि बढेका हुन् । यति हुँदा पनि कसैले इलाममा विकास भएन भन्छ भने त्यसले आँखा चिम्लिएर कुरा गरेको ठहर्छ । 

यति धेरै काम गरेको, जनताको विश्वास जितेको व्यक्ति बुढेसकालमा गाउँगाउँ डुल्दै, घरघर पुगेर भोट मागिरहनुभएको छ । नयाँ पार्टीलाई चिनाउनको लागि कि मतदाताप्रति भरोसा कम भएर यसो गर्नुपरेको हो ?

– अब यस पटक मेरो नाफाको जीवनलाई जनता र देशहितमा अन्तिम पटक प्रयोग गर्नु परेको छ । त्यसपछि म विचारवान युवालाई प्रोत्साहन गर्छु । चुनावमा जस्तोसुकै लोकप्रिय व्यक्ति भए पनि जनताको बीचमा जानुपर्ने, चिनजान गर्नुपर्ने, परिचय नवीकरण गर्नुपर्ने, जनताको आवाज सुन्नुपर्ने हुन्छ । यो नै लोकतन्त्रको लागि अपरिहार्य प्रक्रिया हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x