१० असार २०८३, बुधबार

दुई लाख घुससहित कर्मचारी पक्राउ

कात्तिक २०, २०७४
दुई लाख घुससहित कर्मचारी पक्राउ
झापा, २४ साउन - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई आज पक्राउ गरेका छन् ।ciaa

पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको संयुक्त टोलीले स्वास्थ्य संस्था नवीकरणका लागि घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो ।

‘स्वास्थ्य संस्था नवीकरण’ गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरिएको प्रनाउ बस्नेतले बताए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्