२७ जेठ २०८३, बुधबार

दंगा फैलाएको आरोपमा सिलिगुडीमा नेपाली पक्राउ

कात्तिक २०, २०७४
दंगा फैलाएको आरोपमा सिलिगुडीमा  नेपाली पक्राउ
इलाम, २५ साउन- गोर्खाल्याण्ड आन्दोलनमा नेपालका माओवादीको संलग्नताको दावी गरिरहेको पश्चिम बंगाल प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।Siligudi

सिलिगुडी प्रहरीले इलाम फिक्कलका उदयहाङ फागो ३७ र सुकुना निवासी नितिन क्षेत्री ३५ लाई पक्राउ गरेको हो । दुवैलाई गत साता सुकुनामा भएको हतियार जुलुसपछिको गोली काण्डमा संलग्नता रहेको आरोप लगाइएको छ ।

अभियुक्तद्वयलाई दंगा फैलाएको आरोपमा भारतीय दण्ड संहिताको धारा १४७, १४८ र १४९ का साथै खतरनाक हतियार बोकेर सरकारी काममा व्यवधान खडा गरेको र प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ, कान्तिपुरले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्