०८ असार २०८३, सोमबार

'हिरोइज्म' देखाउन 'इन्काउन्टर' ? यस्तो छ इन्काउन्टरको शृंखला

कात्तिक २०, २०७४
'हिरोइज्म' देखाउन 'इन्काउन्टर' ? यस्तो छ इन्काउन्टरको शृंखला
काठमाडौं, २५ साउन- 'गुन्डा' नाइके दिनेश अधिकारी 'चरी' प्रहरी 'इन्काउन्टर'मा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो । पार्टीमै दुई धार देखियो । त्यति बेला एमाले उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री थिए ।'वान्टेड' सूचीमा परेपछि भारतमा लुकेर बसेका चरीलाई काठमाडौं ल्याउने प्रबन्धसँगै प्रहरीको इन्काउन्टर 'योजना' बनेको थियो ।incounter
अन्नपूर्ण पोस्ट लेख्छ- तत्कालीन गृहमन्त्री गौतमको 'ग्रिन सिग्नल' पछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट स्वीकृति लिएर पुष्कर कार्की (हाल डीआईजी) नेतृत्वको अपराध महाशाखाले उनलाई 'सफाया' गर्ने रणनीति बनाएको थियो । २०७१ साउन २१ गते सीतापाइलाबाट धादिङ निस्कने बाटो भीमढुंगामा उनी इन्काउन्टरमा मारिए । मोरसाइकल चढेकै अवस्थामा उनले फायर खोलेपछि प्रतिरक्षामा गोली चलाइएको दाबी प्रहरीको थियो । प्रहरीबाटै पुष्टि हुने भएकाले उनी इन्काउन्टरमै मारिएको घटना बाहिर आयो ।
यसको एक वर्षपछि २०७२ भदौ ३ गते अर्का गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' घरमै प्रहरी इन्कान्टरमा मारिए ।
सामाखुसीस्थित घरमा प्रहरी 'टारगेट' मा परेका घैंटेलाई उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत घोषित गरिएको थियो । तत्कालीन एसएसपी सर्वेन्द्र खनाल (हाल डीआईजी) नेतृत्वको महाशाखाले घैंटे इन्कान्टरको नेतृत्व गरेको थियो । कांग्रेससँग आबद्ध घैंटे आफूलाई सुधार्ने प्रयास गरेको बताइरहे पनि भित्र-भित्र आपराधिक गतिविधिमै थिए । कांग्रेस नेता जगदीशनरसिंह केसीले प्रहरीले 'हिरो' बन्न उनको हत्या गरेको अरोप लगाएका थिए ।
१३ महिनाको अवधिमा दुई-दुई इन्कान्टर किन र केका लागि भन्ने प्रश्न उठे पनि चरी र घैंटे दुवैको आपराधिक आवरणले कोही बोल्न सकेनन् । किनकि, उनीहरू ठूला दुई राजनीतिक दलको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न थिए ।
सोमबार मात्र एसएसपी दिनेश अमात्य नेतृत्वको महाशाखाले अर्का युवक ललितपुर कुसुन्तीका प्रवीण खत्रीको इन्काउन्टर गर्‍यो । लागूऔषध दुव्र्यसनी खत्रीलाई परिवारले चरणबद्ध पुनःस्थापना केन्द्रमा राखेको थियो । प्रहरीले खत्रीमाथि लागूऔषध कारोबारी भएको आरोप लगाएको छ । दुईवटा हतियार बोकेर खत्रीले फायर खोल्न खोजेपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ । चरी र घैंटेको इन्कान्टर अनि खत्रीको इन्काउन्टरलाई पृष्ठभूमिमा भएको घटनाका रूप लिन सकिन्छ ।
भारतको विहार, मुम्बई, तलिमनाडुलगायत राज्यमा 'इन्काउन्टर स्पेसलिस्ट' प्रहरी अधिकृत छन् । ती राज्यमा इन्काउन्टर सेलसमेत छन् । नेपालमा उक्त प्रयास नभए पनि प्रहरीभित्र 'हिरोइज्म' वा आवश्यक ठानेर बेला-बेला प्रहरीले इन्काउन्टर गर्दै आएको छ । सोमबार मारिएका खत्री त्यसकै निरन्तरता हो वा उनी इन्काउन्टरका भागीदार थिए भन्ने छानबिनको विषय बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्