काठमाडौं, २५ साउन— कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी फुटाउन परोक्ष भूमिका खेलेको आरोप लगाउँदै राप्रपा केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जारी केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कमल थापाले वर्तमान सरकारले पार्टी फुटाउन भूमिका खेलेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएको खबर राजधानीले छापेको छ ।