१४ असार २०८३, आइतबार

सशस्त्र प्रहरीद्वारा अवैध चिनीसहित ट्रक नियन्त्रणमा

कात्तिक २२, २०७९
सशस्त्र प्रहरीद्वारा अवैध चिनीसहित ट्रक नियन्त्रणमा

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको  छ ।

 पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को.१ ख ३०२० नम्वरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो ।
बरामद चिनी तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्