१९ असार २०८३, शुक्रबार

भूकम्पमा परी डोटीमा ६ जनाको मृत्यु, ओलीले गरे दु:ख व्यक्त

कात्तिक २३, २०७९
भूकम्पमा परी डोटीमा ६ जनाको मृत्यु, ओलीले गरे दु:ख व्यक्त

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार मध्यरातमा डोटीमा केन्द्रविन्दु बनाएर आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

उनले बुधवार बिहान ट्वीटमा लेख्दै भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा ज्यान गुमाउने ६ जनामा श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

मंगलवार राति डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ओलीले लेखेका छन्,'दुःखद् खबर - हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'
 

salt training

कमेन्ट गर्नुहोस्