२५ असार २०८३, बिहीबार

मौसममा पश्चिमी वायुको सामान्य प्रभाव

कात्तिक २३, २०७९
मौसममा पश्चिमी वायुको सामान्य प्रभाव

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहेको छ।  

यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।  

यस्तै राति  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै ती प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्