०५ असार २०८३, शुक्रबार

नौ महिना नपुग्दै जन्मन थाले शिशु, समय अगावै जन्मनेलाई बचाउनै गाह्रो

कात्तिक २०, २०७४
नौ महिना नपुग्दै जन्मन थाले शिशु, समय अगावै जन्मनेलाई बचाउनै गाह्रो

काठमाडौं २५ साउन – गर्भवती महिलाले नौ महिना नपुग्दै बच्चा जन्माउनेको संख्या बढ्दै गएको सरकारी अस्पतालको तथ्याङ्कले जनाएको छ ।

थापाथलीमा रहेको प्रसुति गृहमाको तथ्यांक अनुसार पछिल्लो समय धेरै गर्भवती महिलाहरुले नौ महिना नपुग्दै बच्चा जन्माएका हुन् ।

एक महिनामा प्रसुति गृहमा सुत्केरी गराउन आउने १५ सय गर्भवती महिलाहरु मध्ये करिव एक सय जना गर्भवती महिलाहरुले समय अगावै वच्चा जन्माउने गरेको प्रसुति गृहका डा. शैलेन्द्रवीर कर्माचार्यले जानकारी दिए ।

‘सामान्यतया आमाको गर्भमा रहेको बच्चाको जन्मने अवधि ३८ हप्ता (नौं महिना) पछि हो तर यहा महिनामा करिव एक सय जनाले ३७ हप्ता भन्दा अगाडि बच्चा जन्माउने गरेका छन्’ डा कर्माचार्यले लोकान्तरसँग भने ।

समय पुग्नु भन्दा अगाडि नै जन्मिएको बच्चाको वृद्धि विकास राम्रोसँग भइनसकेको हुँदा त्यस्ता शिशुलाई बचाउन नै गाह्रो हुने चिकित्सकहरु बताउँछन् । ‘समय अगावै शिशु जन्मदा शिशुमा संक्रमण हुने सम्भावना बढि रहन्छ’ डा. कर्माचार्यले लोकान्तरसँग भने, ‘शिशुको फोक्सोको वृद्धि विकास भइसकेको हुँदैन त्यसले फोक्सो सम्बन्धी रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ ।’

यस्तै समय अगावै जन्ममने बच्चाहरुमा अपाङ्गता हुन सक्ने सम्भावना हुने उनले बताए । कम उमेरमा विवाह गरी छिटो गर्भवती हुदा शिशु समय अगावै जन्मने गरेको डा. कमाचार्यको भनाइ छ ।

सरकारले गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको पोषको लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ । महिलो सन्तान २० वर्ष भन्दा अघि जन्माउमाउन नहुने संन्देशहरु पनि दिदै आएको छ । तर पनि नेपालमा छिटा विवाह गर्ने क्रम रोकिएको छैन ।

गर्भवती महिलाले समय समयमा स्वास्थ्य परिक्षण नगर्दा, पोसिलो खानेकुरामा ध्यान नदिदा र चुरोट, रक्सी सेवन गर्दा शिशुको गर्भमा पूर्ण रुपमा वृद्धि विकास नहुदै जन्म हुने डा. कर्माचार्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्