३० असार २०८३, मंगलबार

सिद्धार्थ बैंकको ‘भिसा रेमिटेन्स’ सेवाको सुरुवात, १८० देशबाट रेमिटेन्स पठाउँदा खातामै आउने

कात्तिक २३, २०७९
सिद्धार्थ बैंकको ‘भिसा रेमिटेन्स’ सेवाको सुरुवात, १८० देशबाट रेमिटेन्स पठाउँदा खातामै आउने

सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवाको सुरुवात गरेको छ।

नयाँ सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने छन्।

स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिटेन्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन्।

यसरी ‘भिसा रेमिटेन्स’ सेवा मार्फत पठाइएको रकम सिद्धार्थ बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्न छन्।

यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ।

बैंकका देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्