१३ असार २०८३, शनिबार

विमानमा लगाउने लुगाका बारेमा साउदी अरबले लगाएको नियममाथि बहस

कात्तिक २०, २०७४
विमानमा लगाउने लुगाका बारेमा साउदी अरबले लगाएको नियममाथि बहस

काठमाडौं, २५ साउन — साउदी अरबका विमानहरूमा कठोर ड्रेस कोड देखेर धेरैजना आश्चर्यमा नपर्लान् किनकि उक्त देशले सुन्नी इस्लामको पुरातनपन्थी धार पालना गर्ने गरेको छ । तर सामाजिक सञ्जालमा यससम्बन्धी बहस शुरु भएको छ ।


मध्यपूर्वको सबभन्दा धनी देशमध्येको एक साउदी अरबले महिलाको अधिकार कुण्ठित पार्नमा बदनामी कमाएको छ । ऊ इस्लामको कठोर वहाबी व्याख्या गर्छ ।

साउदिया एयरलाइन्सको वेबसाइटमा उल्लेखित ड्रेस कोडको विस्तृत वर्णनमा ‘अरू यात्रुको भावनामा ठेस पुग्ने वा असहज नहुने’ गरी पाहुनाहरूले लुगा लगाउनुपर्ने उल्लेख छ ।

साउदीको मक्का पत्रिकाले पर्यटन तथा स्वास्थ्यका पूर्वप्रमुख अली अल गाम्दीलाई महिलाले अंग देखाउने वा कसिलो वा पारदर्शी लुगा लगाउन नपाउने नियमका सम्बन्धमा कुरा सोध्दा उनले यो नियम एउटा मात्र विमानसेवामा लागू नभएर संसारका धेरै विमानसेवामा उपलब्ध रहेको जवाफ दिएका थिए ।

लुगाको नियमका सम्बन्धमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ ।

एकजनाले ट्वीट गर्दै यो सकारात्मक कदम भएको लेखे । तर अन्य केही यात्रुले आफूहरूलाई प्रतिबन्धका बारेमा पहिले थाहा नभएको र विमानस्थलमा लुगा किन्नुपरेको वा फ्लाइट नै रद्द गर्नुपरेको भनी लेखेका छन् ।

एकजना ट्वीटर प्रयोगकर्ता महिलाले के सोधिन् भने यात्रुको लुगामाथि नियन्त्रण राख्दा कसरी विदेशी पर्यटकलाई प्रोत्साहन गर्न सकिन्छ । अर्कीले चाहिँ यो नियम विमान कर्मचारीलाई पनि लागू हुन्छ कि भनी सोधिन्, ‘विमान परिचारिकाले पनि अबाया लगाउँछन् त ?’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्