०३ असार २०८३, बुधबार

दराजको वर्षकै ठूलो सेल अफ शुरू हुँदै - ८०% सम्म छुट, रु. ११,१११ सम्मको मेगा भौचर

कात्तिक २३, २०७९
दराजको वर्षकै ठूलो सेल अफ शुरू हुँदै - ८०% सम्म छुट, रु. ११,१११ सम्मको मेगा भौचर

दराजले आफ्नो वर्षको सबैभन्दा ठूलो सेल ११.११ शुरू  बिहीवार मध्यरातदेखि शुरू गर्दैछ । 

अभियान कार्तिक २४ (नोभेम्बर १०) मध्यरातमा शुरू हुनेछ छ ।

यस वर्षको ११.११ विगतका वर्षहरूमा भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले जनाएको छ । 

यस अभियानको मुख्य हाइलाइट्समा ११ लाख सामानहरूमा ८० % सम्मको छुट, रु ११,१११ सम्मको , मेगा भाउचर, प्रि पेमेन्टमा २०% अधिकतम रु ३००० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११-६५ इन्चको मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ। 

दराजका अनुसार, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत २०% (अधिकतम रु. ३०००) र डेबिट कार्ड मार्फत १५% (अधिकतम रु. २५००) सम्म बचत गर्न पाउनेछन्।

नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकहरुले छुटहरू प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी आफ्नो आई एम ई पे वालेट मार्फत भुक्तानी गरेमा १५% अधिकतम रु. १,१११ सम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

साथै एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्ड मार्फत ०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् ।

दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै, ११.११ मा धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र रु १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउने दराजले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्