१३ असार २०८३, शनिबार

सालकको खपेटासहित गोंगबुबाट २ जना पक्राउ

कात्तिक २३, २०७९
सालकको खपेटासहित गोंगबुबाट २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट रामेछापको दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङको अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरूसँग १० किलोग्राम ५०० ग्राम सालकको खपटा बरामद गरेको छ । विकले प्रयोग गर्ने बा५८प ८३३७ नम्बरको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्