२१ असार २०८३, आइतबार

‘द क्रु’ मा सँगै काम गर्ने तयारीमा करीना, कृति र तब्बु

कात्तिक २३, २०७९
‘द क्रु’ मा सँगै काम गर्ने तयारीमा करीना, कृति र तब्बु

बलिउड अभिनेत्री करीना कपुर, कृति सेनन र तब्बु चाँडै नै नयाँ फिल्म ‘द क्रु’ मा सँगै देखिने भएका छन् । 

हालै फिल्मकी निर्माता रिया कपुरले सामाजिक सञ्जालमार्फत फिल्मको औपचारिक घोषणा गरेकी छन् । 

यससँगै उनले यो फिल्मको छायांकन २०२३ को फेब्रुअरीबाट शुरू हुने पनि बताएकी छन् ।

निधि मेहरा र मेहुल सुरीले लेखेको फिल्म राजेश कृष्णनले निर्देशन गर्नेछन् ।  

‘द क्रु’को घोषणापछि एक अन्तर्वार्तामा करिना कपुरले ‘फिल्म ‘वीरे दी वेडिङ’मा रिया कपूरसँग काम गर्न पाउँदा निकै रमाइलो लागेको स्मरण गरेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्