१९ असार २०८३, शुक्रबार

डोटीका भूकम्प पीडितलाई पूर्व मन्त्री प्रेम आलेको सहयोग

कात्तिक २३, २०७९
डोटीका भूकम्प पीडितलाई पूर्व मन्त्री प्रेम आलेको सहयोग
फाइल फोटो

पूर्व मन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा मंगलवार रातिको भूकम्पमा परी मृत्यु भएका ६ जनाको परिवारहरूलाई १ लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका पूर्व मन्त्री आलेले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरूका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले १ लाख ५० हजार रुपैयाँ राहतको दिने बताए ।

आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उनले परिवारलाई भेटेर दिए । उनले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गरे ।

मंगलवार रातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको छ भने अरू ७ जना गम्भीर घाइते भएका छन् । 

डोटी निवासी पूर्व मन्त्री आले आसन्न मंसिर ४ गतेको निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि छन् ।

salt training

कमेन्ट गर्नुहोस्