०४ साउन २०८३, सोमबार

मोरङको ३(१) क्षेत्रमा उम्मेदवारी दर्ता भोलि हुने

कात्तिक २३, २०७९
मोरङको ३(१) क्षेत्रमा उम्मेदवारी दर्ता भोलि हुने

मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(१) का लागि निर्वाचन आयोगले नयाँ चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार असोज २४ गते मनोनयनको समय तोकिएको छ ।

मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने समय समेत भोलि बिहीवारलाई नै तोकिएको छ ।
 
असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थापाको निधनपछि अब कांग्रेसले अर्काे उम्मेदवारी दर्ता गर्न आयोगले नयाँ निर्वाचन कार्यतालिका बनाएको छ ।

उम्मेदवारको निधन भएको पार्टीभन्दा अन्य दल तथा स्वतन्त्रले नयाँ तालिकाअनुसार मनोनयन दर्ता गर्न नपाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए । उम्मेदवारको निधन भएपछि निर्वाचनका कार्यक्रम स्थगित गरीएको थियो ।
 
केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापालाई निमोनिया समेत भएको थियो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधवार बिहान १०ः३० बजे निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्