११ साउन २०८३, सोमबार

उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौं : रामचन्द्र पौडेल

कात्तिक २३, २०७९
उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौं : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताएका छन् ।

जिल्लाको भानु नगरपालिका–१३ पोखरीछापमा बुधवार आयोजित कार्यक्रममा उनले कृषि, पर्यटन र ऊर्जाको विकास गरेर उद्योगग्राम र औद्योगिक क्षेत्रको स्थापना गरी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको बताए ।

नेता पौडेलले गाउँगाउँमा साना–ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी, गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथमिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उनले बताए ।

गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको बताउँदै उनले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग र तपस्यालाई साकार बनाउन गठबन्धन गरिएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरी देशलाई निकास दिन सँगसँगै लागेको नेता पौडेलले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्