०९ साउन २०८३, शनिबार

भूकम्पमा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

कात्तिक २३, २०७९
भूकम्पमा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले डोटीमा मंगलवार गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको र १ दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले बुधवार एक विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

कांग्रेसले घाइतेको उचित स्वास्थ्य उपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्