०९ साउन २०८३, शनिबार

हाम्रो नेपाली पार्टीका शिवशंकर यादवलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण

कात्तिक २३, २०७९
हाम्रो नेपाली पार्टीका शिवशंकर यादवलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण

प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं। २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । 

उनले दल नभनेर स्वतन्त्रको हैसियतमा चुनाव प्रचार गरेको पाइएकाले दोस्रो पटक पनि स्पष्टीकरण सोधिएको हो । यसअघिको स्पष्टीकरण पत्रमा उनले स्वतन्त्र भनि प्रचार नगरेको जिकिर गरेपनि सोही क्रम दोहोरिएको आयोगको भनाइ छ । 
आयोगले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्