०२ असार २०८३, मंगलबार

जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

कात्तिक २३, २०७९
जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो ।
     
यारीका लागि गएको बा१८च १४१७ नंको बोलेर जिप आज ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ यारी गाउँका २८ वर्षका कुुङ्गा तान्जेन लामाको घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा नाम्खा गाउँपालिका–५ यारीगाउँका ३१ वर्षका जिक्मेत तामाङ र चालक नाम्खा गाउँपालिका–१ को हेक्पागाउँका २२ वर्षका कुन्जोक लामा रहेका छन् । चालक लामा सामान्य घाइते भएका छन् । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।

घाइते दुुवै जनालाई हेलिकोप्टरबाट सदरमुुकाम सिमकोटमा उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घाइते एकको टाउकामा चोट लागेको छ भने एकको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताए । 

salt training

कमेन्ट गर्नुहोस्