०२ असार २०८३, मंगलबार

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

कात्तिक २३, २०७९
अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस डाउन भएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ । 

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार भरतपुर एयरपोर्ट अगाडि र सप्तगण्डकी क्याम्पस चोकमा भएको समस्या पत्ता लागेको छ भने गैँडाकोटमा अझै समस्या पत्ता लागेको छैन ।  

सडक विस्तारका क्रममा दूरसञ्चार कार्यालयलाई जानकारी नदिई तार काट्दा पटक–पटक समस्या हुने गरेको मिश्रले बताए । थोरै सावधानी नअपनाउँदा नागरिकलाई सास्ती र नेपाल टेलिकमलाई लाखौँ रुपैयाँ घाटा हुने गरेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्