×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

महिन्द्र राय यादवको किल्ला तोड्न मधेशवादको नारा लिएर राजेन्द्र महतोको दौडधुप

कात्तिक २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लहरै साइकल गुडाउँदै अघि बढिरहेका आठजना साइकलयात्री देखिन्छन् । उनीहरू छुट्टाछुट्टै साइकलमा विभिन्नथरी नारा लेखिएको पोस्टर झुन्ड्याएर पैदलै साइकल गुडाउँदैछन् । पछिपछि राजेन्द्र महतो आफ्ना कार्यकर्ताहरूसहित असिनपसिन हुँदै भोट माग्दैछन् । 

Muktinath Bank

कार्तिक २० गते सर्लाहीको कोडैना गाउँपालिकाको सुखचैना गाउँमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो सेतो धोती, कुर्ता, गम्छा र चप्पल लगाएर भोट मागिरहेका अवस्थामा भेटिएका थिए । गर्मीमा हिँडेका कारण उनको अनुहार घामले डढेको प्रस्ट देखिन्थ्यो । पसिनाले निथ्रुक्क भएका महतो घरदैलोको क्रममा स्थानीय मतदाताको घरघर पुगेर भोट मागिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यसपटक मधेशवादलाई जिताउन साइकल छापमा भोट हाल्नुपर्छ भन्दै उनी भोट मागिरहेका थिए । त्यसबाहेक विकास तथा समृद्धिका लागि पनि यसपटक आफूलाई जिताउनुपर्छ भन्दै उनी मतदातालाई सम्झाइबुझाइ गर्दैथिए । 

Vianet communication
Laxmi Bank

जवाफमा मतदाताहरू सर्लाही छोडेर गत चुनावमा धनुषा किन भागेको भन्दै प्रतिप्रश्न पनि गर्ने गर्थे । जे भएपनि फर्किनुभयो, हामी भोट तपाईंलाई नै दिन्छौं भनेर मतदाताहरू उनलाई आश्वस्त पार्थे । त्यो सुनेर उनी मुसुक्क हाँस्दै अघि बढ्थे । 

धनुषा–३ छोडेर आफ्नै गृहजिल्ला सर्लाही–२ फर्किएका राजेन्द्र महतोले ‘मधेशवाद’ ब्रान्डलाई चुनावको प्रमुख हतियार बनाएर प्रचारप्रसार गरिरहेका छन् । उनकै भाषामा अपूर्ण संविधानलाई संशोधन गर्ने, बहिष्करणमा पारिएकालाई अधिकारसम्पन्न बनाउने अनि मधेश आन्दोलनका एजेन्डालाई जीवित राख्ने नाराका साथ महतोले चुनावी प्रचार गरिरहेका छन् । त्यसबाहेक विकास र समृद्धिलाई पनि प्राथमिकतामा राखेर उनी जनतामा गइरहेका छन् ।

उनले घरदैलो र चुनावी कोणसभामा बोल्दै विगत १५ वर्षमा त्यस क्षेत्रमा कुनै पनि विकास नभएको भन्दै प्रतिस्पर्धी उम्मेदवारको आलोचना पनि गरिरहेका छन् ।

लोसपाका वरिष्ठ नेता समेत रहेका महतो विना संगठन आफ्नै बलबुतामा चुनावमा होमिएका छन् । २०७० सालको चुनावमा सर्लाही– २ मा तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवबाट महतो पराजित भएका थिए । 

२०७४ सालमा धनुषा– ३ पुगेर नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई हराउँदै उनी संसद्मा पुग्न सफल भएका थिए । तर यसपटक फेरि उनी आफ्नै पुरानो क्षेत्रमा फर्किँदा पुरानै प्रतिद्वन्द्वीसँग भिड्नुपरेको छ ।

अर्थात्, उनको प्रतिस्पर्धा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग हुँदैछ । यादव यसपटक नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछन् । उनी सर्लाही– २ का निवर्तमान सांसद पनि हुन् । 

शून्यमा पुगेको संगठनलाई बलियो बनाउन कडा मेहनत गर्दै महतो 

स्थानीय तहको मतपरिणाम अनुसार उक्त क्षेत्रको ५२ वटा वडामध्ये ३ वटा वडा मात्र लोसपाले जितेको छ । उक्त क्षेत्रमा अधिकतम पालिकामा कांग्रेस र जसपाले चुनाव जितेका छन् । यसबाट थाहा हुन्छ, लोसपाको सांगठनिक अवस्था यस क्षेत्रमा निकै कमजोर रहेछ ।  

लोसपाको विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघका मधेश प्रदेश अध्यक्ष मिथिलेश यादव महतोले उम्मेदवारी दर्ता गराएदेखि नै शून्यमा पुगिसकेको पार्टी संगठनले पुनर्जीवन पाएको बताए । महतो धनुषा गएकै कारण उक्त क्षेत्रमा पर्ने कविलाशी नगरपालिकाका पूर्वमेयर कौशलकिशोर यादव एमालेमा गइसकेका थिए । तर महतो आएपछि उनी लोसपामा फर्किएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसमा रहेका मलंगवा नगरपालिकाका पूर्वमेयर निर्सल साह, जसपाबाट २०७४ सालमा पर्सा गाउँपालिका अध्यक्षमा जितेका किसुन यादव, कोडैना गाउँपालिकाका पूर्व उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख मेथुर चौधरी लगायतका दर्जनौं क्याडर तथा नेताहरू एमालेमा प्रवेश गरिसकेका थिए । 

‘तर महतोजीको उम्मेदवारी परेपछि ती सबै नेताहरू उहाँसँग अहिले जोडिनुभएको छ । कौशलजी र मेथुरजी त पार्टी नै प्रवेश गरिसक्नुभएको छ,’ उनले थपे, ‘त्यसबाहेक दिन प्रतिदिन विभिन्न जात र समुदायका मानिसहरू बल्ल अब नेता आयो, क्षेत्रले अभिभावक पायो भन्दै स्वतःस्फुर्त रूपमा जोडिँदै गइरहेका छन् ।’ 

महतो र यादवबीच कडा प्रतिस्पर्धा 

महतोलाई यसपटक पनि त्यति सहज नभएको स्थानीयहरू बताउँछन् । 

‘उनी सर्लाही फर्किएकोमा स्थानीयहरू खुशी त छन् तर उनले जित्छन् भन्ने कुराको कुनै सुनिश्चितता छैन,’ सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा भेटिएका एक उपप्राध्यापकले लोकान्तरसँग भने, ‘उनी सर्लाही छोडेर धनुषा गएपछि पार्टीका धेरैजसो स्थानीय नेता तथा कार्यकर्ताहरू अन्य पार्टीमा लागेका हुनाले संगठन नै छिन्नभिन्न भइसकेको छ । त्यसकारण विना संगठन उनले चुनाव लड्दा समस्या छ ।’ तर यति हुँदाहुँदै पनि उनी आएपछि पुराना कार्यकर्ताहरू एकताबद्ध हुन लागेको उनले खुलाए ।

सर्लाहीको कोडैनामै भेटिएका दिनेश झा भने महतोको पल्ला नै भारी रहेको बताउँछन् । ‘आजसम्म महतोजी मधेशवादको कित्तामै हुनुहुन्छ, अन्य दलको झण्डा उहाँले बोक्नुभएको छैन,’ झाले भने, ‘तर महिन्द्रजीले त एउटै मात्र चुनाव चिह्नमा हालसम्म चुनाव लड्नु नै भएको छैन । एमालेबाट तमलोपा हुँदै अहिले माओवादी नै भइसक्नुभएको छ ।’

यादव यत्तिकापटक सांसद बनिसक्दा पनि विकासको काम केही पनि नभएको झाको गुनासो छ ।

उनले भने जस्तै त्यस क्षेत्रमा खासै विकास भने भएको देखिएन । सर्लाहीको सदरमुकाम मलंगवा आफैं शहर जस्तो देखिँदैन । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुरदेखि मलंगवासम्म पुग्ने सडक कालोपत्रे भएपनि मलंगवा शहरभित्र भने पक्की सडक नै देख्न मुश्किल पर्छ । 

त्यसबाहेक मलंगवा हुँदै जाने हुलाकी राजमार्ग तथा अन्य सहायक मार्गहरू पनि कच्ची नै छन् । कच्ची सडक भएका कारण दिनभर हुलाकी सडक धुलाम्मे हुन्छ । गाउँहरूमा पनि कालोपत्रे सडक बनेको छैन ।

मलंगवा नगरपालिका वडा नम्बर–१२ गम्हरियाका लालबाबु यादव भने क्षेत्रमा उल्लेख्य विकास नभएपनि महिन्द्र राय यादवकै पल्ला भारी भएको दाबी गर्छन् । 

‘विकास निर्माणको पनि काम गर्नुभएकै छ उहाँले । त्यसभन्दा पनि उहाँ क्षेत्रका हरेक जनताको साधारण काममा पनि आउने र समस्या सम्बोधन गर्नुहुन्छ, त्यसैले उहाँले नै चुनाव जित्नुहुन्छ,’ उनले थपे, ‘त्यति मात्र होइन, क्षेत्रका कार्यकर्ताको जन्मदेखि मरणसम्मको काममा पनि सहभागी हुने, स–सानो पञ्चायतीमा पनि उहाँ आएर समस्या समाधान गर्नुहुन्छ । त्यसकारण पनि उहाँले नै चुनाव जित्नुहुन्छ ।’

मलंगवाकै रामपुकार यादव पनि महिन्द्र राय यादव अन्तिमपटक लडिरहेको हुनाले पनि उनलाई मतदाताले जिताउने बताउँछन् । ‘मुख्य कुरा के हो भने अन्तिममा मत जातको आधारमा हुन्छ । अन्य कुरा गौण भइदिन्छन्,’ उनले थपे, ‘यादव बाहुल्य क्षेत्र भएकाले यादवको अधिकांश मत उहाँले नै पाउनुहुन्छ ।’ 

विकास नभएको भनेर राजेन्द्र महतोले चुनावी एजेन्डा बनाउन खोजेपनि त्यसबाट यादव जातिका मतदातालाई कुनै प्रभाव नपर्ने उनले बताए । 

‘यादवबाहेक यस क्षेत्रमा मुस्लिम समुदायको बाहुल्य छ । मुस्लिम समुदायमा पनि महिन्द्र राय यादवकै बलियो पकड छ,’ उनले थपे, ‘वैश्य समुदाय तेस्रो स्थानमा छ । फेरि वैश्यमा पनि तेलीको संख्या बढी छ । तेलीको मत एमाले उम्मेदवार राजनारायण साहले काट्नुहुन्छ ।’ महतो सुडी जातका भएका कारण तेलीको मत उनकोमा नजाने यादवको तर्क छ ।

महिन्द्र राय यादवकै गाउँ वसन्तपुरका सुजन यादव विगत ३० वर्षदेखि यादवले जितेर पटकपटक मन्त्री बनेपनि विकास केही नभएका कारण उनीविरुद्धको एक किसिमले लहर नै चलेको बताउँछन् । यादव लोसपाको भ्रातृसंगठन लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय नेता पनि हुन् । 

‘हँसिया चुनाव चिह्नबाट पहिलोपटक जनमोर्चाबाट उहाँ चुनाव लडेर पराजित भएपछि नेकपा एमालेमा जानुभयो,’ उनले लोकान्तरसँग भने, ‘एमाले हुँदै हालसम्म उहाँ पटकपटक चुनाव जितेर पटकपटक मन्त्री त बन्नुभयो तर उहाँको आफ्नै गाउँ पन्सतपुरमा माध्यमिक विद्यालयलाई प्लस टु क्याम्पसमा समेत स्तरोन्नति गराउन सक्नुभएन ।’ 

एकपटक सामान्य प्रशासनमन्त्री, दुईपटक उद्योगमन्त्री, एकपटक सिँचाइमन्त्री र एकपटक कृषिमन्त्री बनेपनि विकास नगरेका कारण उनका विरुद्ध लहर आएको यादवले बताए ।

लोसपाको संगठन नभएपनि महतो भने कांग्रेसको बलमा चुनाव जित्ने दाउमा छन् । नेपाली कांग्रेसका उक्त क्षेत्रका प्रभावशाली नेता जंगीलाल रायलाई आफ्नै गठबन्धनमा प्रदेश सभा उम्मेदवार बनाएका छन् । राय २०६४ सालको संविधानसभाको चुनावमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रत्यक्ष चुनाव जित्न सफल भएका थिए । 

राय यादव जातिका हुन् । राय जोडिएकै कारण बहुसंख्यक यादवको मत महतोले तान्ने रणनीतिअन्तर्गत प्रदेश सभा उम्मेदवार बनाएका हुन् । 

त्यसबाहेक महतोले अन्य दलबाट पनि मत चोर्ने रणनीति बनाएको उनीनिकट एक नेताले बताए । खास गरेर नेकपा एमालेको मत महतोले नै पाउने उनको कथन छ । 

महतोको प्यानलमा २ (क) मा नेपाली कांग्रेसका जंगीलाल राय यादव र २(ख) मा लोसपाका मेथुर चौधरी उम्मेदवार छन् । अर्कोतर्फ महिन्द्र राय यादवको प्यानलमा २(क) मा नेकपा माओवादी केन्द्रका सुनिल साह र  (ख) मा नेपाली कांग्रेसका कौशल राय उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार दुवैतर्फ रहेकाले सत्ता गठबन्धनका प्रमुख घटक दलको मत दुवै उम्मेदवारमा विभाजन हुने देखिन्छ । उक्त क्षेत्रमा सबैभन्दा बलियो संगठन रहेको कांग्रेसको मत नै निर्णायक हुने स्थानीयहरू बताउँछन् ।

‘एमाले र जसपाको संगठन नै छैन, मुख्य संगठन कांग्रेसकै हो । तर प्रतिनिधिसभामा कांग्रेसले उम्मेदवार नै पाएन,’ नेपाली कांग्रेसका एक जिल्ला कार्यसमितिका नेताले भने, ‘तर प्रदेशमा दुवै क्षेत्रमा दुवै प्यानलबाट उम्मेदवार छन् । त्यसकारण प्रदेश सभा उम्मेदवारमा कांग्रेसीले आफ्नै उम्मेदवारमा मत हाल्छन् । तर माथि कसमा हाल्ने हो भन्ने कुरा हालसम्म अन्योल छ ।’

अर्कातर्फ नेसपाका उम्मेदवार महिन्द्र राय यादव पनि जनताको सुखदुःखमा आफू सधैं साथ रहेका कारण आफूलाई नै जिताउने बताउँछन् । ‘२५ वर्षभन्दा बढीदेखि यहाँका जनताले मलाई जिताउनुभयो । यो मेरो अन्तिम चुनाव भएका कारण पनि जनताले मलाई नै मत दिएर जिताउनुहुन्छ,’ यादवले लोकान्तरसँग भने, ‘सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार हुनु नै पनि मेरो जीतको प्रमुख आधार हो ।’

मधेशवादी दलहरूले जनताको मत लिएर आफ्नो परिवार, नातागोताका मान्छेलाई मात्र अवसर र लाभको पद दिएर जनतालाई ठगी गरेका कारण मधेशवादी दलको उम्मेदवारले उक्त क्षेत्रमा नजित्ने उनले बताए ।

‘१० वर्षअघि राजेन्द्र महतोजीलाई मैले हराएकै हो । उहाँ त्यसपछि धनुषा भाग्नुभयो । यसपटक फेरि फर्किनुभएको छ । फेरि पनि उहाँलाई मैले नै हराउँछु,’ उनले थपे, ‘यसपटक जितेर बाँकी अधुरो विकास निर्माणको सबै काम पूरा गर्छु ।’

मधेशवादी दलहरूले मधेशी जनताको माग समेत पूरा गराउन नसकी झुक्याइरहेको भन्दै यसपालि जनताले उनीहरूलाई नभई राष्ट्रिय पार्टीहरूलाई नै विश्वास गर्ने उनी ठोकुवा गर्छन् । 

अर्कातर्फ लोसपा उम्मेदवार महतो भने यस क्षेत्रमा यादव जातिलाई महिन्द्र राय यादवले ठग्दै आएको आरोप लगाउँदै उनलाई मतदाताले विश्वास नगर्ने दाबी गर्छन् । अनि सत्ता गठबन्धनको कुनै पनि आधिकारिक उम्मेदवार नै नरहेको उनी बताउँछन् । 

‘मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो । नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार जंगीलालजी हामीसँग हुनुहुन्छ,’ उनले थपे, ‘जातपातको नारा दिएर उहाँले २५ वर्षदेखि जनतालाई ठग्दै आउनुभएको छ । त्यो सब कुरा जनताले यसपटक बुझिसकेका छन् । जातको होइन, परिवर्तन र विकासको पक्षमा यसपटक जनताले भारी मत दिएर मलाई नै जिताउनुहुन्छ ।’

उक्त क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट राजनारायण साह पनि प्रतिनिधिसभामा उम्मेदवार छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x