२३ असार २०८३, मंगलबार

मोरङ–३ मा कांग्रेसबाट मानबहादुरले पाए प्रदेशसभाको टिकट

कात्तिक २४, २०७९
मोरङ–३ मा कांग्रेसबाट मानबहादुरले पाए प्रदेशसभाको टिकट

मोरङ–३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ । 

बेलबारी घर भएका लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन गर्न आज १० बजेदेखि १ बजेसम्म समय दिएको थियो । 

कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरे । 

टिकट पाएसँगै लिम्बूले एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग प्रतिश्पर्धा गर्ने भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्