
नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९५ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो ।
बिहीवार चाँदीको मूल्यमा भने १० रुपैयाँको गिरावट आएको छ ।
यस दिन चाँदी प्रति तोला १हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।