×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन

जनतामा वितृष्णा बढेको छ, दलहरू नसच्चिए विकल्प खोज्न सक्छन्– सुदर्शन बराल [अन्तर्वार्ता]​

कात्तिक २४, २०७९

NTC
Premier Steels

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्दै नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालगुल्मीको गाउँ–गाउँमा पुगेका छन् ।

Muktinath Bank

गुल्मी–१ (१) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार तथा पूर्वमन्त्री बराल लुम्बिनी प्रदेशसहित देशभर गठबन्धनले जीत निकाल्ने दाबी गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तार्किक युवा नेताको छवि बनाएका बरालसँग लुम्बिनी प्रदेशबाट लोकान्तरकर्मी प्रकाश आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश । 


Advertisment
Nabil box
Kumari

चुनाव प्रचार–प्रसार कसरी भइरहेको छ, के–के एजेन्डा लिएर गाउँ पुग्नुभएको छ ?

Vianet communication

– पहिलो कुराचाहिँ हामीले गठबन्धनमार्फत मुलुकलाई राजनीतिक स्थिरता दिने भनेका छौं । स्थिरतामार्फत मुलुकको आर्थिक समृद्धि र रुपान्तरणका लागि हामीलाई मत दिनुहोस् भनेर भनेका छौं ।

त्यसबाहेक हाम्रो गुल्मीको विकटमध्येको निर्वाचन क्षेत्र पर्छ । यो निर्वाचन क्षेत्रको पूर्वाधार, यहाँको विकास निर्माणका कामहरू यसअगाडि बढाउन यहाँबाट प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गरें । थुप्रै पूर्वाधारका कामहरू अगाडि बढेका छन् । र, ती पूर्वाधारहरूलाई कम्प्लिट गर्ने र कैयौं नयाँ कार्यक्रम पनि शुरूआत गर्नका लागि जनसमुदायलाई अपिल गरेका छौं । त्यसरी नै जनसमुदायकहाँ पुगिराखेका छौं । 

यसअघिको निर्वाचनमा भन्दा योपटक आममतदाताको प्रतिक्रिया के फरक पाउनुभएको छ ?

– एउटा त आमराजनीतिप्रति वितृष्णा र लिडरशिपप्रतिको वितृष्णा व्यक्त भएको देखिन्छ, कहीँ न कहीँ । तर, म यस अगाडि यो क्षेत्रको प्रतिनिधित्व गरेर यहाँका थुप्रै काम कारवाहीहरू अगाडि बढाएको हुनाले मैले युवा, वृद्धवृद्धा, बुद्धिजीवी सबैबाट न्यानो स्वागत नै पाइरहेको छु ।

तपाईंका पालामा धेरै कामहरू अगाडि बढेका छन् । राम्रा कामहरू भएका छन् । तपाईंले धेरै गर्नुभएको छ भनेर विश्वास व्यक्त गर्नुभएको पनि छ । केही सामान्य गुनासाबाहेक मन्त्री हुँदा गरेका काम कारवाहीको सकारात्मक प्रभाव परेको पाएको छु । तपाईंले मन्त्री हुँदा निकै राम्रो काम गर्नुभयो । धेरै समस्याहरू समधान भए भनिरहनुभएको छ । पहिलेभन्दा मप्रति अपेक्षा बढेको पाएको छु ।

गुल्मीमा प्रभावशाली नेता धेरै हुनुहुन्छ, तर पनि स्वास्थ्योपचार, उच्च शिक्षा अध्ययन र अन्य कामका लागि बुटवल नै झर्नुपर्ने बाध्यतामा जनता छन् नि ?

– अँ, त्यो कुरा पनि जनताले उठाउनुभएको छ । तर, गाउँगाउँमा हेल्थपोस्ट स्थापना भएका छन् । हेल्थ सेन्टरको विकास गरेका छौं । गुल्मीको खैरेनीमा रहेको हेल्थपोस्टलाई सुदृढ गर्नका लागि मेरो तर्फबाट कोशिश भयो । अनि त्यहाँ जिल्ला अस्पताल बराबरको सेवासुविधा उपलब्ध छ । त्यहाँ एम्बुलेन्सदेखि ल्याब जाँचसम्मका सेवा छन् । डाक्टरहरू उपलब्ध हुनुहुन्छ ।

त्यसैगरी अरू थुप्रै स्वास्थ्यचौकीहरूमा ल्याब सुविधा थप गरिएको छ । जिल्ला अस्पताललाई सुदृढ गरिएको छ । र, थुप्रै विद्यालयहरूलाई नमूना विद्यालयको रूपमा अगाडि बढाउने, कलेजहरूमा भौतिक पूर्वाधारदेखि नयाँ–नयाँ विषयहरू थप गर्ने काम भएको छ । तर, फेरि पनि जिल्लाबासीलाई उच्च शिक्षा अध्ययनका लागि जिल्लाबाहिर निस्किनुपर्ने बाध्यता यथावत छ । आगामी दिनमा थप गम्भीरपूर्वक यसमा काम गर्नुपर्ने अवस्था छ ।

लुम्बिनी प्रदेशमा माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाए तपाईं भावी मुख्यमन्त्री हो भनेर चर्चा भइरहेको छ । मुख्यमन्त्री बन्ने सम्भावना कत्तिको देख्नुभएको छ ?

हाम्रो पार्टीको तर्फबाट निर्णयचाहिँ भइसकेको छैन । तर, विगत सरकारको पालामा मैले सामाजिक विकास मन्त्रीको हैसियतले जुन नेतृत्व गरें, जति कामहरू गर्ने अवसर प्राप्त भयो, त्यसको आधारमा पार्टी, कार्यकर्ता र सामान्य जनताहरूले पनि भावी मुख्यमन्त्री भनेर भनिरहनुभएको छ । उहाँहरूले कामको मूल्यांकन गरेरै भन्नुभएको होला । म खुशी नै छु । तर, फलानो मान्छे मुख्यमन्त्री भनेर पार्टीको तर्फबाट निर्णय भएको छैन ।

निर्वाचनपछि पनि सत्तारुढ कांग्रेस–माओवादी गठबन्धनको सरकार बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

– हामीले त यो निर्वाचन र त्यसपछाडिको पाँच वर्षको कार्यकाल पनि गठबन्धन कायमै राखेर लैजाने हो । हामीले जनतासँग पनि त्यसैगरी मत मागिरहेका छौं । केन्द्रदेखि प्रदेशसम्ममा गठबन्धनका साझा प्रतिबद्धतापत्रहरू पनि आएका छन् । त्यसलाई कार्यान्वयन गर्नका लागि गठबन्धनको नै सरकार बन्छ । त्यसमा कुनै शंका नै छैन । 

स्थानीय तह निर्वाचनमा पनि काठमाडौंसहित केही प्रमुख शहरमा स्वतन्त्र उम्मेदवारले जीत निकाले । अहिले पनि धेरै ठाउँमा स्वतन्त्रको चर्चा सुनिन्छ । जनताले साँच्चै दलहरूको विकल्प खोज्न थालेका त हैनन् ?

– मैले त्यो कुरा अगाडि पनि भनें । जनसमुदायमा नेपालका राजनीतिक दल र नेतृत्वप्रति कहीँ न कहीँ वितृष्णा, कहीँ न कहीँ निराशाचाहिँ छ । त्यसलाई चिर्नका लागि प्रमुख राजनीतिक दल र सरकारका तर्फबाट गर्नुपर्ने काममा केही कमी भएको सत्य हो । त्यसकारणले आगामी निर्वाचनको परिणाम पछाडि बन्ने सरकारहरूले जनताको पक्षमा, राष्ट्रको पक्षमा र तमाम समस्याहरू समाधानका लागि काम गर्नुपर्ने छ ।

भ्रष्टाचार अन्त्यका लागि सशक्त कदम चाल्नुपर्ने छ । यदि त्यसो गर्न नसकेमा जनसमुदायले विभिन्न प्रकारले विकल्प खोज्ने अवस्था आउँछ । ती विकल्पहरू खराब पनि हुन सक्छन् भन्ने मेरो विश्लेषण छ । मैले मतदाताको बीचमा पुग्ने क्रममा पनि त्यो अनुभूति गरेको छु । 

गुल्मीमा गठबन्धनको सबै मत साझा उम्मेदवारलाई जानेमा तपाईंहरू नै पूर्ण विश्वस्त देखिनुहुन्न भनिन्छ, किन यस्तो भयो ? 

– स्थानीय तह चुनावमा पनि कतिपय ठाउँमा खटपटी र त्रुटि भएका छन् । केही आशंका जन्मिएको सत्य हो । तर, मूलरूपमा चाहिँ गठबन्धनको स्प्रिट टोलटोलसम्म पुगेको छ । एउटाले अर्कालाई भोट हाल्ने विश्वासको वातावरण तयार भएको छ । केही शक्ति, व्यक्ति र पार्टीले गठबन्धनमा एउटाले अर्कालाई भोट हाल्दैनन् भन्ने प्रचार गरिरहेका छन् । त्यो प्रचारमा कुनै सत्यता छैन । 

आउँदो निर्वाचनमा लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ कति र प्रदेशसभातर्फ कति सीट नेकपा माओवादी केन्द्रले जित्ला ? 

– हामीले धेरै सीट लिनेभन्दा पनि जीत ग्यारेन्टी गर्ने गरी उम्मेदवारी दिएका छौं । त्यस हिसाबले प्रतिनिधिसभाको ७ सीट र त्यसैगरी प्रदेशसभाको १८ सीटमा हाम्रा उम्मेदवार छन् । अहिलेसम्मको विश्लेषणमा ती सबै सीट सुरक्षित देखेका छौं ।

प्रदेशको राजधानी बुटवलबाट दाङ सार्नमा तपाईंको भूमिका रहेको भनेर जनताका केही गुनासा तपाईंप्रति सोझिएका छन् नि ?

– राजधानी दाङ सार्नमा सुदर्शन बरालको हात छ भन्ने कुरामा कुनै सत्यता छैन । बुटवल नै राजधानी बनाउँछौ भनेर भाषण गर्ने ठूल्ठूला नेताहरू नै दाङ सार्ने निर्णयमा पुग्नुभएको हो । त्यो हाम्रो मात्र कुरा हैन ।

त्यसको बारेमा गुल्मेली र लुम्बिनीका जनतालाई राम्रोसँग थाहा छ । मतदान गर्न ह्वीप जारी गरेपछि हामीले मतदान गरेको हो । त्यसकारणले बुटवलबाटै राजनीति गर्ने र राजधानी बनाउँछौं भनेर शपथ खाएका मानिसहरूले दाङको पक्षमा भोट हालिसकेपछि गुल्मीबाट प्रतिनिधित्व गर्ने मान्छेले बुटवलको पक्षमा भोट हालेर कुनै अर्थ रहँदैनथ्यो । त्यसो भएको हुनाले त्यस्तो आरोपमा कुनै सत्यता म देख्दिनँ । 

अन्त्यमा केही भन्नुपर्ने छ कि ? 

– देशको विकास, समृद्धि र स्थायित्वका लागि आम मतदाताहरूलाई गठबन्धनको पक्षमा मतदान गर्न अपिल गर्छु । आफ्नो मनलाई दायाँबायाँ नगर्न पनि आग्रह गर्न चाहन्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x