
नेपाल क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा छन । उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।
नाबालिगमाथि बलात्कार आरोपमा उनी असोज २० मा प्रहरीको नियन्त्रणमा पुगेका थिए ।
त्यसयता सन्दीप अनुसन्धानका लागि प्रहरी हिरासतमा रहे ।
अहिले अदालतले उनलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागारमा रहेका कारण सन्दीप सोसल मिडियाको पहुँच आउन सक्दैनन् ।
तर, बिहीबार विहानै उनको आधिकारिक ट्वीटर ह्याण्डिलबाट एक ट्वीट भएको छ ।
सन्दीपले ट्वीटर चलाउन थालेको ८ वर्ष पूरा भएकोबारे ट्वीट लेखिएको थियो ।
यो ट्वीट सन्दीपले जेलभित्रैबाट गरेका भने होइनन् ।
ट्वीटरकै ट्वीएजकमले यो अटोमेटिक ट्वीट गरेको हो ।
It's my #Twitterversary! I have been on Twitter for 8 years, since 24 Oct 2014 (via @twi_age).
— Sandeep Lamichhane (@Sandeep25) November 10, 2022