×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

रेखाको चुनावी घरदैलोमा ९ घण्टा : जहाँ पुग्यो त्यहीँ सेल्फी लिन र भिडियो खिच्न चाहनेको भीड

कात्तिक २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ को चुनाव नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेखा थापालाई भ्याइनभ्याइ छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहानदेखि बेलुकासम्म चुनावी सभा र घरदैलोमा व्यस्त हुन थालेकी रेखा बिहीवार दिउँसोको चर्को घाममा पसिना चुहाउँदै पथरीशनिश्चरे गाँउपालिकामा घरदैलोमा थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तर टोलीले १ नम्बर प्रदेश गौरवको आयोजना भित्री विराटनगर—सुन्दरहरैँचा सडक खण्ड हुँदै करीब ३५ किलोमिटरको यात्रा तय गरेर रेखालाई पछ्याएको छ ।


Advertisment
Nabil box
Kumari

राप्रपाका तर्फबाट उम्मेदवार रहेकी रेखासँग हामीले बुधवार बेलुका नै बिहीवारको चुनावी कार्यतालिका मागेका थियौं ।

Vianet communication
Laxmi Bank

तालिकाअनुसार बिहान १० बजे रेखाले पथरीशनिश्चरे– १० चौकीडाँडाँमा घरदैलो गर्दै मत माग्ने कार्यक्रम थियो ।

कार्तिकको अन्तिम साता लागि सक्दा पनि तराईमा दिउँसोको समय चर्को घाममा हिँड्न मुस्किल पर्छ ।

निलो कुर्ता र सेतो सुरुवाल लगाएर रातो पछ्यौरा ओढेकी रेखा त्यही पछ्यौरीले पसिना पुछ्दै घरदैलोमा व्यस्त थिइन् । 

मतदातासँग फोटो, भिडियो खिच्ने, चुनाव प्रचारका सामग्री दिने, आफ्नो चिह्न हलोमा स्वस्तिक छाप लगाउन सिकाउने काममा उनको ध्यान थियो ।

रेखा पुग्दा हरेक ठाउँमा भीड जम्मा हुने रहेछ । शायद कलाकारिता क्षेत्रमा गरेको योगदानका कारण पनि हुनसक्छ । उनीसँग कुरा गर्न र फोटो खिच्न मानिसहरू आफूले गर्दै गरेको काम छाडेर आउँथे ।

रेखाले पनि कुनै हतारोविना मतदातासँग फोटो, भिडियो खिच्ने रहिछन् । मतदातासँग भेट्दा युवापुस्तालाई दाइभाइ भन्दै सम्बोधन गरेर नमस्कार गर्ने, बुढापाकासँग बा तपाईंको छोरी परिवर्तन चाहन्छे भनेर आशीर्वाद लिने र महिलाहरूसँग अंकमाल गरेर मत माग्ने उनको शैली रहेछ ।

उनी जहाँ पुग्यो, त्यहाँ हाम्री हिरोइन आइन् भन्दै स्थानीय उनकै वरिपरि जम्मा हुने र कुरा सुन्ने रहेछन् । कतिपयले रेखालाई आफ्ना गुनासा सुनाएको पनि पाइयो ।

मतदाताले उनलाई बोल्न पनि आग्रह गरे । सानै जमात भए पनि उनले गाडीबाट साउन्ड सिस्टम र माइक निकालेर भाषण दिने रहिछन् । धपेडी र धूलोधुवाँले हुनसक्छ, उनको आवाज धोत्रो सुनिएको थियो ।

उनी अनुकूल समय मिलाउँदै सामाजिक सञ्जालमा फोटो र भिडियो पोस्ट्याउन पनि भ्याइरहेकी थिइन् । जहाँ पुग्यो त्यहाँको गतिविधि तत्कालै सामाजिक सञ्जालमा राख्दिरहिछन् ।

‘मैले जनताको समस्या सामाजिक सञ्जालमा पनि पोस्टाउने गरेकी छु । ठूला भन्ने नेताहरूले पनि देशको वास्तविक जनताको अवस्था के छ, गुनासाहरू के छन् भन्ने थाहा पाउनु जरुरी छ,’ रेखाले भनिन् ।

जहाँ पुग्यो त्यहीँ फोटो भिडियो लिने गरेकाले होला रेखाको मोबाइलमा बिहीवार दिउँसोम्म १६ हजार ४ सय वटा फोटो र १७ सय वटा भिडियो रहेको पाइयो ।

‘मेरो मोबाइल अहिले मतदाताका फोटो र भिडियोले भरिएको छ । त्यसले भोलिका दिनमा विश्लेषण गर्न मद्दत पुग्छ,’ उनले भनिन् ।

रेखालाई चुनावी घरदौलो अभियानदेखि हरेक कोणसभामा पुर्‍याउने काम उनका श्रीमान् बलराम शाही ठकुरीले गरिरहेका छन् । गाडी ठकुरी आफैंले हुइँक्याउँछन् । रेखा निशानको रातो गाडीमा हिँड्छिन् ।

रेखाले प्रदेश सभा उम्मेदवार तीर्थबहादुर गुरुङलाईलाई पनि सँगै लिएर हिँडेको देखियो । 

उनको चुनावी प्रचार टोली तथा साउन्ड सिस्टम बोक्नका लागि अर्को एउटा पीकअप भ्यान सँगै थियो । २/४ वटा मोटरसाइकल पनि उनको अघिपछि लागेका थिए ।

जनतामाथि दलहरूको बेइमानी सहन नसकेर ऐश आरामको जिन्दगी छाडी राजनीतिमा आएको रेखाले बताइन् ।

‘नेताहरूले राम्रा र जनअपेक्षा अनुसारका काम नगरेका कारण युवा पुस्ताले औंला उठाउनुपर्ने आवश्यकता औल्याउँदै म आफैं चुनावी मैदानमा होमिएकी छु,’ उनले भनिन् ।

जनतालाई झूटो आश्वासन दिएर नेताले धोका दिएको भन्दै आफूले जनअपेक्षा अनुसार काम गर्ने उनको प्रतिबद्धता छ । युवा पुस्तालाई संसदमा पुर्‍याउन उनले मतदातालाई अपिल गरिन् ।

अघिल्लोपटक जम्मा १ सीट मात्रै जितेको राप्रपाले यसपटक देशैभरीको नतिजालाई प्रभावित पार्ने दाबी गरेको छ । मोरङ ३ मा आफूले जीत हात पार्ने दाबी रेखाले गरिन् ।

विगत एक महिनादेखि अघिपछि रहेका रेखाका श्रीमान पनि राप्रपाको पक्षमा माहोल राम्रो देखिएको बताउँछन् ।

‘मैले राजनीति बुझ्दिन थिएँ । अहिले रेखा जहाँ गयो त्यहीँ भीड हुने, उनको पक्षमा जनलहर देखिनुले चुनावी परिणाम उनकै पक्षमा आउँछ जस्तो लाग्छ,’ ठकुरीले भने ।

स्थानीयले बाटो, खानेपानी लगायतका समस्या राखिरहेका थिए । कतिपयले जग्गामा दोहोरो स्वामित्वको समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न आग्रह गरे ।

रेखाको चुनावी घरदैलोका क्रममा भेटिएकी स्थानीय तारा पोखरेलले महिलाको समस्या महिलाबाटै समाधान हुने भएकाले रेखालाई भोट दिने बताइन् ।

‘समस्या समाधानको नेतृत्व सक्षम युवालाई दिनुपर्छ । महिलाको समस्या महिलाबाटै समाधान हुने भएकाले पनि हामी मत दिन्छौं,’ उनले भनिन् ।

यस्तै धारणा मोरङ– ३ कै मतदाता सुनिता बस्नेतले पनि राखिन् । यसअघि जितेकाहरूले जनअपेक्षाअनुसार काम नगरेको उनको गुनासो थियो ।

राजनीतिक दलहरूले जनताका समस्या बेवास्ता गरेको, चुनावका बेला मात्रै गाउँमा आउने गरेको गुनासो स्थानीयले गरे ।

करीब ९ घण्टा रेखालाई पछ्याउँदा उनले चुनावी माहोल बनाएको देखियो । तर, घरमा आएका उम्मेदवारलाई मत दिन्नौं भनेर कमैले मात्र भन्छन् । रेखालाई पनि मत दिन्नँ भन्ने मान्छे भेटिएनन् ।

रेखाको अभियानका क्रममा देखिएको माहोल मतमा कत्तिको परिणत हुन्छ, अहिल्यै भन्न सकिने अवस्था छैन । रेखाले जिते पनि, नजिते पनि मोरङ– ३ को चुनावी अंक गणितमा भने उनले प्रभाव पार्ने देखिएको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा र एमालेबाट निवर्तमान सांसद एवं पूर्वमन्त्री भानुभक्त ढकाल उम्मेदवार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x