२९ असार २०८३, सोमबार

गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल

कात्तिक २५, २०७९
गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल

शिक्षामन्त्री देवेन्द्र पौडेलले बाम लोकतान्त्रिक गठबन्धन गरेर देशलाई दुर्घटनाबाट बचाइएको बताएका छन् । “नेकपा एमाले केपी ओलीले आफ्नो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।”

अहिले ओली फेरि राजावादी तत्वसँग मिलेर देशमा बहुदलीय व्यवस्था र जनताको बलीदानीबाट प्राप्त उपलब्धि मास्न लागेको उनले आरोप लगाए । शुक्रबार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।  

उनले  बागलुङका ६ वटै सिट गठबन्धनको पक्षमा रहेको भन्दै औपचारिक नतिजाका लागि निर्वाचन मिति कुर्नुपर्ने बताए ।  । 
कार्यक्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यामा आफू पाँच वर्षमा सारथी बनेर उभिने प्रतिबद्धता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्