१० साउन २०८३, आइतबार

एमालेले ३० वर्षमा गर्न नसकेको काम मैले ४ महिनामा गरेँः हर्क साम्पाङ

कात्तिक २६, २०७९
एमालेले ३० वर्षमा गर्न नसकेको काम मैले ४ महिनामा गरेँः हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा पुरा गरेको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा धराने जनताले मेयर छान्न नजानेको भनेर अभिव्यक्ति दिएपछि साम्पाङले आक्रोश पोख्दै आएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेयर छान्न जानेनौँ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले ।’

स्वतन्त्र उम्मेदवारी दिएर गएको स्थानीय तह निर्वाचनमा विजयी बनेका हर्कले धरानबासीलाई खानेपानीको सुविधा दिइछाड्ने मुख्य बाचा गरेका छन् भने त्यसका लागि उनी लागिपरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्