३१ जेठ २०८३, आइतबार

शिक्षक मर्यादाक्रमको फाइल अघि बढेको छ : शिक्षामन्त्री

कात्तिक २६, २०७९
शिक्षक मर्यादाक्रमको फाइल अघि बढेको छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यालय समितिमा पुगेको बताएका छन् । शनिबार गलकोट र बुर्तिबाङमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रममा उनले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिको रुपमा रहेको बताए । 
उनले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्व्य गरी चाँडै टुंग्याइने जानकारी दिए । 

“शिक्षकको तलब सुविधा र मर्यादाक्रमको विषयमा पहल भइरहेको छ,” उनले भने, “सरकारको शुन्य लागतमा मर्यादाक्रमको फाइल गृहमन्त्रालयसँग समन्वय गरी टुंग्याउने चरणमा छौं ।”
शिक्षा मन्त्रालय तीन प्रकारको सुधारमा केन्द्रीत रहेको बताउँदै नीगित, कानुनी र शिक्षण सिकाई सुधार मुख्य रहेको बताए । 

१० वर्षे विद्यालय सुधार योजना कार्यक्रम अघि बढेको बताउँदै निर्वाचनपछि हाल विद्यालयमा रहेका शिक्षकलाई व्यवस्थापन गर्ने गरी नयाँ शिक्षक पठाइने बताए । 
शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्याएको बताए । 

शिक्षक सेवा आयोगको ११ औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लिएको उनको भनाइ छ ।


 

salt training

कमेन्ट गर्नुहोस्