२७ असार २०८३, शनिबार

कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : भुसाल

कात्तिक २६, २०७९
कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताएका छन्  ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले सिङ्गो राजनीतिक प्रणाली नै ध्वस्त गर्न चाहनेहरूका विरुद्ध आफूहरूले विद्रोह गरी प्राप्त उपलब्धिको रक्षाका लागि भूमिका निर्वाह गरेको बताउँदै कम्युनिष्ट पार्टीको पुनःएकीकरणका लागि समान विचार बोक्ने दलसँग सहकार्य तथा एकताको क्रम चलिरहेको बताए । उनले तत्कालीन समयमा प्राप्त उपलब्धि रक्षाका लागि पार्टीभन्दा देश, जनता र जनताले ल्याएको परिवर्तन ठूलो भएको आफूहरुको विश्लेषणपछि विद्रोह गरेको बताए ।

राजनीतिक अधिकारसहित आर्थिक सामाजिक सांस्कृतिक अधिकार र समानतासहितको स्वतन्त्रता अहिलेको आवश्यकता भएको भन्दै महासचिव भुसालले राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भए पनि सामाजिक सांस्कृतिक दृष्टिकोणबाट हेर्दा अझै पनि देशमा जातीय वर्गीय भाषिक सामाजिक विभेद विद्यमान भएकाले त्यसविरुद्ध अभियानको खाँचो औँल्याए ।

कार्यक्रममा कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी (समाजवादी) का केही पदाधिकारी, पार्टीका स्थायी कमिटी सदस्यसहितका नेताहरु एकीकृत समाजवादीमा समाहित भएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्