२३ असार २०८३, मंगलबार

राणा प्रधानमन्त्रीको किस्सा सुनाउँदै संसद्मा प्रधानमन्त्रीको भारत भ्रमणमाथि व्यग्य !

कात्तिक २०, २०७४
राणा प्रधानमन्त्रीको किस्सा सुनाउँदै संसद्मा प्रधानमन्त्रीको भारत भ्रमणमाथि व्यग्य !

काठमाडौं २५ साउन–प्रधामनन्त्री शेरबहादुर देउवाको भारत भ्रमण गलत समयमा हुन लागेको भन्दै संसद्मा विरोध भएको छ ।

व्यबस्थापिका संसद्को बुधवार बसेको बैठकको विशेष समयमा नेपाः पार्टी (बुद्धिजीवी परिषद्)का सांसद् लक्ष्मण राजवंशीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपयुक्त समयमा नभएको टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्री भदौ ७ गते भारत जाने तरखरमा हुनुहुन्छ । के यो उपयुक्त समय हो ? चीन र भारतका सैनिक एक आपस बिरुद्ध खडा छन्, यो बेलामा कुनै एक देशको भ्रमणमा जाँदा अर्को देशले हाम्रो नियतको बिषयमा के विचार गर्छ’ उनले भने, ‘यो सोच्नु पर्ने होइन ? यस्तो संवेदनशील अवस्थामा भारत जानै पर्ने कारण के हो ?’

प्रधानमन्त्रीको भारत भ्रमणको व्यग्य गर्न उनले राणाकालको किस्सा सुनाए ।

‘पृथ्वी नाराणयले शाहले नेपाल एकीकरण गरिसकेपछि वसन्तपुरको कुमारी मन्दिरमा घुडा टेकेर कुमारीसंग आर्शिवाद दिएका थिए । राणाहरु प्रधानमन्त्री भएपनि पशुपतिमा गएर एक लाख भेटि चढाएर जीवनभर प्रधामनन्त्री बन्न पाउ भनेर आर्शिवाद माग्ने गरेका थिए’ राजवंशीले संसद्मा भने, ‘२००७ सालदेखि सबभन्दा पहिला दिल्ली गएर, मेरो आयु मात्र होइन, सन्तान दरसन्ताको रक्षा गर्नु भनेर विन्ती पत्र राख्ने परम्परा देखिरहेका छौ ।’

salt training

कमेन्ट गर्नुहोस्