
अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।
फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे शुरू हुनेछ ।
पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।
दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् ।
यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक-एक पटक उपाधि जित्दा एक-एक पटक फाइनलमा पराजित भएका छन् ।
यस पटक जो च्याम्पियन बनेपनि दुई पटक टी-२० विश्वकप जित्ने वेष्ट इन्डिजको कीर्तिमान बराबरी गर्नेछ ।